तुलसीपुर,
२८ – भदौं / नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तरर्गत सञ्चालीत लमही आँखा अस्पतालले थप गुणस्तरीय ल्याव सेवा सञ्चालन गरेको छ ।

यस अघि सामान्य आँखाका विरामीहरुलाई मध्य नजरगरी ल्याव सेवा सञ्चालन गरेको अस्पतालले अव भने सवै सर्वसाधारणलाई अस्पताल बाटै सवै सेवा दिने उद्देश्यले ल्याव सेवा सञ्चालनमा ल्याएको अस्पतालका बरिष्ठ प्रशासकिय अधिकृत शम्सेर थापाले जानकारी दिए । अस्पतालले रगतको मात्रा परिक्षण, लिपीट प्रोफाइल, लिभर फङ्गसन टेष्ट,रेनल फङ्गसन टेष्ट, सेरोलोजी, यूरीन, स्टोल, स्पुटम, सिमेन टेष्ट लगायतको सेवा सुरु गरेको ल्याव टेक्नीसियन कृष्ण वलीले जानकारी दिए। सो सुविधा सम्पन्न ल्यावको उद्घाटन प्रदेश संसाद रेउतीरमण शर्माले विहिवार गरेका हुन ।

ल्याब सेवाको सुभारम्भ गदै सांसद शर्माले लमही क्षेत्रका सर्वसाधारणहरुलाई छिटो छरितो र गुणस्तरी सेवा पाउने बताए ।  त्यसैगरी लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले राज्यले जनतालाई दिनुपर्ने सेवा अस्पतालले दिएको भन्दै अस्पतालको विकाश लागि आफुहरुले सहयोग गर्ने बताए ।


ADVERTISEMENT

 


त्यसैगरी नेपाल नेत्रज्योति संघ दाङका अध्यक्ष कृष्णकुमार गिरीले यस क्षेत्रका जनतालाई सर्वसुल्भ आँखा ,कानको उपचार सेवा दिएको अस्पतालले ल्याव सेवा पनि सुरुगरेको बताए ।

नेपाल नेत्रज्योति संघका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षता प्रदेश सांसद रेउतीरमण शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगर उपप्रमुख देवका वेलवासे, नागरिक समाज दाङका सहसंयोजक निमबहादुर थापा, लमही नगरविकाश समितिका अध्यक्ष घनस्याम सुवेदी, नेपाल नेत्रज्योति संघका
सल्लाहकार खड्गबहदुर चौधरी, सचिव सुरेन्द्रबहादुर खड्का, सहसचिव चिरञ्जीवि रिजाल, सदस्य सारदा चौधरी लगायतले बोलेका थिए ।

उपसभापति रेशमबहादुर खड्काको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण सूचना अधिकारी बालाराम खड्काले गरेका थिए । नेपाल नेत्रज्योति संघ दाङले यस क्षेत्रमा तिनवटा आँखा अस्पताल, र रोल्पा, सल्यान, रुकुम र घोराहीमा आँखा उपचार केन्द्रहरु सञ्चालन गरेको छ ।

Urban

Manokamana Auto

K&K

प्रतिकृया

प्रतिकृया