तुलसीपुर,
१-मंसिर /   तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ मटेरामा रहेको सगरमाथा युवा क्लबले बिभिन्न ब्यक्तिहरुलाई सम्मान गरेको छ । शनिबार एक कार्यक्रम गरि जेष्ठ नागरिक, समाजसेवी, एकल महिला र दलितसमुदायका ब्यक्तिलाई सम्मान गरेको हो । समाजमा रहेका बिभिन्न ब्यक्ति तथा जाजजातिलाई मिलाएर जैजानु पर्ने भन्दै यस्तो कार्यक्रम राखिएको आयोजकले बताएको छ ।

क्लबका अध्यक्ष शुसान्त खनालको अध्यक्षता तथा वडा नंं. ७ का अध्यक्ष टोपबहादुर केसीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि केसीले समाज परिबर्तन गर्न युवाहरुको भूमिका महत्वपूर्ण हुने बताए । साथै उनले क्लबभित्रबाट खेलाडीहरु छनौट गरेर खेलका लागि बाहिरी जिल्लामा पठाउने समेत बताए । यसले खेलको विकासमा भूमिका खेल्ने बताए ।

सदस्य गोबिन्द खनालले स्वागत गरेको कार्यक्रममा धारापानी सामुदायिक बनका अध्यक्ष नन्दा जिसी, वडा सदस्य रामबहादु जिसीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सल्लाहकार किरण डाँगीले गरेका थिए ।


ADVERTISEMENT

  



यसैबीच क्लबले यस बर्ष खेलेको भैलोबाट ६७ हजार ६ सय ४० रुपैंया आम्दानी गरेको क्लबका अध्यक्ष सुसान्त खनालले बताए । यो क्लबको भवन निर्माण र बृद्धबृद्धाहरुलाई सम्मानमा खर्च गर्ने अध्यक्ष खनालले बताए ।

प्रतिकृया

प्रतिकृया