यमकला भुसाल,तुलसीपुर
१६ मसिंर/तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर माया आचार्यले अपागं दिवस, दिवसमा मात्र नभई क्षमता अभिबृद्धिका लागी पनि मनाउनुपर्ने बताएकी छिन । २७ औँ अन्तराष्ट्रिय अपागं दिवसको सध्यामा आइतवार तुलसीपुरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दे उनले यस्तो बताएकी हुन ।

उनले अपागं व्यक्तीहरुका लागी उपमहानगरपालिकाले बिशेष जोड दिने समेत बताइन ।राप्ती बहिरा सघं दाङका अध्यक्ष अजय कुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगरस्तरीय अपागं सञ्जालका सयोजंक दोलख बहादुर खत्रीले अपागं व्यक्ती पनि समाजका मेरुदण्ड बन्न सक्ने बताए ।

राप्ती बहिरा सघं दाङको आयोजना तथा नगरस्तरीय अपागं सञ्जाल तुलसीपुरको समन्वयमा भएको कार्यक्रममा अपागं समाज सुधार केन्द्रका अध्यक्ष हुमाकान्त कडेल,नेपाल पत्रकार महासघं दाङकी सहसचिव सर्मिला डिसी,तुलसीपुर उपमहानगरपालिका महिला बिकास शाखाकी सहायक महिला निरीक्षक तेजा गैरे ,तुलसीपुर उपमहानगरपालिका वडा नं ११ का वडा सदस्य घनश्याम गौतम लगाएतले अपागंता भएका व्यक्तीहरु सगंठित भएर अगाडी बढ्नुपर्नेमा जोड दिए । सो अवसरमा लोक गित प्रतियोगीता,हाजिर जवाफ प्रतियोगीता र टेवल टेनिस,ह्वीलचियर प्रतियोगीता भएको थियो ।


ADVERTISEMENT

  


 


लोक गित प्रतियोगीता तर्फ प्रविन चौधरी,आसा चौधरी प्रथम,तारा क्षेत्री अधिकारी द्धितिय र राम बहादुर बिक तृर्तिय भएका थिए। यस्तै हाजिर जवाफ प्रतियोगीता तर्फ खुमबहादुर पुनको ग्रुप प्रथम,सुरेश बिकको ग्रुप द्धितिय, छवि वलिको ग्रुप तृतिय र रोशन गिरीको ग्रुप सान्तोना भएका थिए ।

यस्तै ह्वीलचियर प्रतियोगीतामा खिम बहादुर महतरा प्रथम,खुम बहादुर पुन द्धितिय र सुरेश बिक तृतिय भएका थिए । कार्यक्रमको सहजिकरण देवा डागीँले गरेकी थिइन । साथै २७ औँ अन्तराष्ट्रिय अपागं दिवसको अवसरमा सोमबार तुलसीपुरमा बृह्त ¥यालीको अयोजना गरिएको जनाइएको छ ।

प्रतिकृया

प्रतिकृया