सरिता थापा ,होलेरी रोल्पा
२८ मंसिर/गढीलेक बचत तथा ऋण सहकारी सस्था होलेरी रोल्पाको ११औँ साधारणसभा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष ऋषीराम श्रेष्ठको अध्यक्षतामा आयोजीत साधारणसभाको आज शुक्रवार रुन्टीगढी गाँउपालीका प्रमुख बालाराम बुढाले उद्घाटन गरेका छन । सभाको उद्घाटन गर्दै प्रमुख बुढाले सहकारीले राज्यको अर्थतन्त्र वलियो वनाईरहेको चर्चा गर्दै केही सहकारीहरुमा समस्या रहीआएको औल्याएका छन ।

अव नयाँ सहकारी दर्ता र पुराना सहकारीको सरक्षण तथा खारेजिको अधिकार स्थानीय सरकारमा आइसकेकाले गाउँपालीकाले अव गाउँपालीका भीत्रका सहकारीहरुको सम्भाव्यता तथा अस्तव्यस्तालाई अध्ययण गरी ति सहकारीहरुलाई व्यवस्थीत गर्दै सहकारीका माध्यमवाटै गाउपालीकाले अन्य कार्यक्रहरु जनतामाझ पु¥र्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

त्यस्तै कार्यक्रममा नेपाली काग्रेस रुन्टीगढी संयोजक जनक पुन,इ.प्र.का होलेरीका सहायक इन्चार्ज धुर्वराज वोहरा,रुन्टीगढी गाँउपालीकाका शिक्षा संयोजक कुलराज आचार्य,उधोग बाणीज्य संघ रुन्टीगढी गाँउपालीकाका संयोजक गोपाल डागीँ , रा.बा.बैङ्क मुन बहादुर बुढा,रिपोर्टस कल्ब रोल्पाका अध्यष एंव रेडियो सुनछहरी एफ.एमका स्टेशनम्यानेजर सन्तोष शर्मा , दिपमाला रोजीन एण्ड टरपीनटाइनका प्रबन्धक टेक ब. थापा लगायतकाले सहकारी सवैको सहकार्य र सामुहीक पुजिले संचालन हुने भएकाले यस्को रेखदेखमा एउटै व्यक्ति मात्रै नभइ सवैले चासो देखाउनपर्नेमा जोड दिएका थिए । साथै कर्जाको सहीसदुपयोग गर्न सकेमात्र सहकारीलाई सवल वनाउन सकीने वताए ।


ADVERTISEMENT

  



२०६४ सालमा २५ जनावाट सुरु गरीयको सस्थामा अहिले करीव एक हजार जना सदश्य रहेका छन भने ५० हजार पुजिवाट सुरुभएको सस्थामा अहिल २ करोड ५८ लाख ८९ हजार ५ सय ३६ रुपँया पुजि सङ्कलन भएको छ । सस्थाका ऋण सयोजक नरेन्द्र डी.सीले प्रस्तुत गर्नुभयको ऋण प्रतिवेदनमा सस्थाले अहिले २ करोड २१ लाख ७२ हजार ४ सय ३९ रुपयाँ रकम लगानी गरेको छ भने हाल सम्म सस्थामा विस लाख ९ हजार ७ सय ३३ रुपयाँ रकम नाफा रहेको छ । सस्थाका उपाअध्यक्ष प्रेमा सुवेदीको स्वागत मन्तव्यवाट सुरु गरीयको कार्यक्रममा सस्थाले विभीन्न क्षेत्रवाट उत्कृष्ट वचतकर्ताहरुलाइ सम्मान गरेको थियो भने कार्यक्रमको सहजीकरण सस्थाका सचिव टिकाराम सेजवालले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया