तुलसीपुर,
९-पुस /  त्रिभुवन विश्वविद्यालयले भर्खरै सार्वजनिक गरेको व्यवस्थापन संकाय तेस्रो वर्षको नतिजामा ज्ञानदिप कलेज तुलसीपुरका सुशिल डाँगी जिल्ला प्रथम भएको कलेजले दावी गरेको छ ।

डाँगीले ७० प्रतिशत अंक ल्याएर जिल्ला प्रथम भएको कलेज प्रमुख सुरेन्द्र जिसीले दावी गरे । कलेज प्रमुख जिसीले कलेजका अन्य विद्याथीले पनि उत्कृष्ट अंक ल्याएको वताउँदै ज्ञानदीपले विगतको साँखलाई निरन्तरता दिएको वताए ।

व्यवस्थापन संकाय प्रमुख सहायक कलेज प्रमुख मनोज केसीले ज्ञानदीप कलेजले विगतमा पनि उत्कृष्ट अंक ल्याएको जानकारी दिदै शिक्षाको गुणात्मकता खस्किन नदिनका लागि कलेज परिवार प्रतिवद्ध रहेको समेत जनाएका छन् ।


ADVERTISEMENT

  



२०७० सालमा स्थापना भएको कलेजले स्नातक तहमा विज्ञान,व्यवस्थान र मानविकी संकाय सञ्चालन गर्दै आएको कलेजका शैक्षिक संयोजक शरद गौतमले वताए । संयोजक गौतमले यसैवर्षबाट कलेजले विसिए कक्षा सञ्चालन गरेको समेत जानकारी दिए । कलेजले स्थापना कालदेखि नै उत्कृष्ट अंक ल्याउँदै आएको छ ।

प्रतिकृया

प्रतिकृया