घोराही,
११-पुस /  गरिमा विकास बैंकले दाङमा पनि आफ्नो शाखा बिस्तार गरेको छ । केन्द्रिय कार्यालय काठमाडौमा रहेको बैंकले आफ्नो ६५ औँ शाखाका रुपमा घोराहीमा बिस्तार गरेको हो ।

घोराही शाखाको बुधबार घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उद्घाटन गरे । उद्घाटन गर्दै नगरप्रमुख चौधरीले समृद्धिका लागि आर्थिक कारोबार र आर्थिक कारोबार संग प्रत्यक्ष जोडिएको बैंक सबल हुन आवश्यक रहेको बताए ।

उनले बैंकको स्थापना हुनुनै आर्थिक कारोबार बढेको भन्दै गरिमा विकास बैंकले सेवालाई सामाजिक सेवा सँगै गुणस्तरिय बनाउनुपर्नेमा जोड दिए । त्यसैगरी वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डे र दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसालले उद्योगधन्दा स्थापना गर्न चाहाने व्यवसायी, कृषक र आम जनताहरुको आबस्यकतालाई पुरा गर्ने सहयात्री बन्न आग्रह गरे ।


ADVERTISEMENT

  



आर्थिक बृद्धि भए मात्रै बैंकहरु पनि दिगो बन्न सक्ने भन्दै सुलभ र भरपर्दो सेवालाई बिषेश ध्यान दिन सुझाब दिए । बैंक संचालक समितिका अध्यक्ष डा. भुपेन्द्रबहादुर खडकाको अध्यक्षता एवं नगरप्रमुख चौधरीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रम बैंकका महाप्रवन्धक माधवप्रसाद उपाध्यायले स्वागत र अर्का संचालक कुन्जराज थापाले धन्याबाद ज्ञापन गरेका थिए ।

गरिमा विकास बैंकको घोराही शाखाले स्थानिय ८ जनालाई रोजगारी दिएको जनाएको छ । साथै अबको दुई महिनामा तुलसीपुरमा पनि शाखा स्थापना गर्ने जनाएको छ । कार्यक्रमको सहजिकरण शाखा प्रवन्धक प्रकाश देवकोटाले गरेका थिए  ।

प्रतिकृया

प्रतिकृया