दशरथ घिमिरे, देउखुरी
२४-पुस /  लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको छैठौं अधिवेसनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।

निर्वाचन मण्डलले एक कार्यक्रमको आयोजना गरी पद तथा गोपनियताको सपथ दिलाएको हो । निर्वाचन मण्डलका संयोजक कुलचन्द्र पौडेलले नव निर्वाचित अध्यक्ष दण्डिराम चौधरीलाई पद तथा गोपनियताको सपथ खुवाए ।

त्यसपछी अध्यक्ष चौधरीले अन्य पदाधिकारी र सदस्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराए । पुस २१ गते भएको निर्वाचनबाट दण्डिराम चौधरी अध्यक्षमा, उपाध्यक्षमा लिला शाह, सचिवमा सनमकुमार पौडेल, कोषाध्यक्षमा जंगबहादुर चौधरी र सदस्यहरुमा बासुदेव गौतम, विष्णु गिरी, ऋषिराज रावत क्षेत्रि, श्यामकला पोखरेल, भुसाल र सीतादेवी शाह निर्वाचित भएका हुन् ।


ADVERTISEMENT

  



कार्यक्रमलाई सम्वोधन गर्दै नव निर्वाचित अध्यक्ष दण्डिराम चौधरीले उपभोक्ताको मागको आधारमा खानेपानी संस्थालाई अघि बढाउने र चुनारहित खानेपानी उपलब्ध गराउन प्रविधि जडान गर्ने प्रतिवद्धता जनाए । खानेपानी संस्थाको मंगलबार बसेको पहिलो बैठकले निर्वाचन सफल बनाउन सहयोग गर्ने आम उपभोक्ता, निर्वाचन मण्डल, राजनीतिक दल, नागरिक समाज, पत्रकार, सरक्षाकर्मी लयात सवैमा धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

सपथ ग्रहण कार्यक्रममा नेकपाका अम्मर कवर नविन, नेपाली कांग्रेसका कर्णबहादुर बुढाथोकी, निर्वाचन मण्डलका सदस्य विष्णुप्रसाद पौडेल, पत्रकार केपी घिमिरे लगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रमको सहिजकरण निर्वाचन मण्डलका सदस्य भानु जोशीले गरेका थिए । यस्तै मंगलबार पद हस्तान्तरण पनि गरिएको छ । निवर्तमान अध्यक्ष काँशिराम डाँगीले नव निर्वाचित अध्यक्ष चौधरीलाई पद हस्तान्तरण गरे ।

प्रतिकृया

प्रतिकृया