सल्यान
२६ पुस /  ट्रेक्टरले किच्दा सल्यानमा एक जनाको मृत्यु भएको छ । शारदा नगरपालिका १ शान्तिनगरमा रा १ त १४४१ नम्बरको ट्रेक्टरले किच्दा रुकुम चौरजहारी नगरपालिका ६ घर भई हाल सल्यान श्रीनगरमा बस्दै आएका अन्दाजी २४ वर्षीय राजेश जैशीको मृत्यू भएको प्रहरीले जनाएको छ ।

विहिबार बिहान बिग्रिएको ट्रकलाई पछाडिबाट धकेल्ने क्रममा बिचमा राखिएको काठ भाँचिएर ट्रेक्टर व्याक हुँदा उनलाई सोहि ट्रेक्टरले किचेको थियो । जैशीलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बिच बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ट्रेक्टर चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिकृया

प्रतिकृया


ADVERTISEMENT