तुलसीपुर,
२६-पुस /   दाङको शान्तिनगर गाउँपालिकाले तीनवटा कार्यबिधि पारीत गरेको छ ।

बिहीबार सकिएको हिउँदे अधिबेशनले ‘घ’ बर्गको ईजाजत पत्र सम्बन्धि कार्यबिधि, बिपद ब्यबस्थापन कोष सञ्चालन कार्यबिधि, एम्बुलेन्स सञ्चालन कार्यबिधि पारीत भएको शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताए ।

साथै अधिबेशनबाट कर्मचारी कल्याण कोष तथा योजना संसोधन गर्ने समेत निर्णय भएको छ । गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीको अध्यक्षतामा भएको अधिबेशनले बिषयगत शाखाका संयोजक र शाखा प्रमुखद्धारा चालुआर्थिक बर्षको अहिलेसम्म भएका प्रगति पेश गरेका थिए ।


ADVERTISEMENT

  



प्रतिकृया

प्रतिकृया