तुलसीपुर
२७ पुस / तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले २ सय ९५ औ राष्ट्रिय एकता दिवस एवम् पृथ्वी जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गरेका छन् ।

वाइसे चौविसे राज्यमा खण्डित अवस्थामा रहेको नेपाललाई एकताको शुत्रमा वाँधेर शाहले नेपाल एकिकरणको अभियान सफल तुल्याउने महान कार्य गरेको उल्लेख गर्दै नगरप्रमुख पाण्डेले वर्तमान नेपालको आधार पृथ्वीनारायण शाहले नै निर्माण गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

हरेक नेपालीका लागि शाहको जीवन प्रेरणादायी रहेको भन्दै उनले एकत्रित गरेको नेपाललाई भावनात्मक रुपले जोड्नमा सबैको भुमिका अहम् हुने कुरा उल्लेख गरिएको छ ।
“नेपाली जनतामा एकताको सुत्रपात गर्ने काममा शाहको योगदान महत्वपुर्ण रहेको छ ” विज्ञप्तीमा उल्लेख गरिएको छ ।


ADVERTISEMENT

  



एकता दिवसले हरेक नेपालीका विचमा एकता र भ्रातृत्वको विकास गर्न सकोस् भन्ने कामना समेत गरिएको छ ।

प्रतिकृया

प्रतिकृया