तुलसीपुर
२७ पुस /  नेपाल पत्रकार महासंघ दाङ शाखाले अमिलिया प्रकरण छानबिनका लागि सात सदस्यिय छानबिन समिति बनाएको छ ।

केही दिन अघि प्रहरी चौकि अमिलियाका इन्सपेक्टर युवराज चौधरीले महासंघका साधारण सदस्य सागर थापा र सैघालि खवरका विष्णु देवकोटाले आफुसंग पैसा मागेको अडियो रहेको अभिब्यक्ति दिएपछि महासंघले सत्य तथ्य छानविन गर्न समिति बनाएको महासंघका अध्यक्ष प्रीयासनले बताए । 

पत्रकार थापा र देवकोटाले घटनाको सत्य तथ्य छानविन गर्न महासंघमा निवेदन दर्ता पनि गराएका थिए । महासंघका अध्यक्ष प्रीयासनको नेतृत्वमा रहेको छानविन समितिको सदस्यहरुमा महासंघका पुर्व अध्यक्ष केएल पिडित, उपाध्यक्ष लिला शाह, सचिव भुपेन्द्र वलि, प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुबेदी, प्रेस चौतारी नेपाल दाङका अध्यक्ष जें.एन. सागर, प्रेस सेन्टर दाङका अध्यक्ष प्रकाश चौधरी रहेका छन् ।


ADVERTISEMENT

  



छानविन समितिले छिट्टै अमिलिया प्रकरणको छानबिन गरी सत्य तथ्य वाहीर ल्याउने अध्यक्ष प्रीयासनले बताए ।

प्रतिकृया

प्रतिकृया