दशरथ घिमिरे,देउखुरी
२७ पुस/  चिसो बढ्दै छ । समस्यामा पर्ने भनेकै जेष्ठ नागरिक र वालवालिका हुन् ।

जाडोमा कठाङ्ग्रीएर धेरैले ज्यान गुमाउने गर्छन् । तर, दाङमा भने जेष्ठ नागरिकलाई जाडो छल्ने न्यानो कपडा वितरण गरिएको छ । लमही नगरपालिका वडा नं. ४ ले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको  हो  ।

चिसो बढ्दै गएपछी जेष्ठ नागरिकलाई ओढ्ने फाईवर शिरक प्रदान गरियो । ७० वर्ष नाघेका एक सय २७ जना जेष्ठ नागरिकहरुलाई शिरक प्रदान गरेको वडा अध्यक्ष सुवास न्यौपानेले जानकारी दिए । वडा कार्यालयले दुई लाखको बजेटबाट शिरक वितरण गरेको जनाएको छ ।


ADVERTISEMENT

  



लमही नगरपालिकाका नगरप्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका वेल्वासे र वडा अध्यक्ष सुवास न्यौपानेले जेष्ठ नागरिकलाई शिरक प्रदान गरेका हुन् ।

प्रतिकृया

प्रतिकृया