बसन्त परियार,तुलसीपुर
२८ पौस/ नेपाल अण्डा उत्पादक संघ जिल्ला शाखा दाङको तेस्रो बार्षिक साधारण सभा तथा अधिबेशन शनिवार तुलसीपुर ७ गणेशपुर पार्कमा सम्पन्न भएको छ ।

संघका अध्यक्ष मान बहादुर केसीको अध्यक्षता तथा निवर्तमान केन्द्रीय सदस्य श्रीधर वलीको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको थियो । यसैविच सभाले अञ्जन कुमार पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा दशरथ वली,सचिबमा खुम प्रसाद भण्डारी ,कोषाध्यक्षमा सुनिल घिमिरे रहेका छन । यस्तै सदस्यहरुमा सम्भु सिंह ठकुरी,मिनराज अधिकारी ,युवराज बस्नेत, प्रदिप शर्मा,रमेश खरेल,तेज प्रकाश पुन र तिलक केसी रहेका छन ।


ADVERTISEMENT

  



प्रतिकृया

प्रतिकृया