दीप्तीशिखा चौधरी, दंगीशरण
२८ पुस / दाङको दंगीशरण गाउँपालिकाले आयोजना गरेको माघी महोत्सवमा डाडाँचिसको मघौटा नाच प्रथम भएको छ ।

त्यस्तै रावतगाउँको हुर्डुङ्ग्या नाच द्धितिय र बैबाङ्गको भल्वा नाच तृतिय भएको छ ।त्यस्तै हेकुली ,छरघट्टा,मौली,बुटनीया,प्रसडुवा,रामपूर , थपगाउँ ,गोलटाकुरी,सिम्ठानाको नाच सान्त्वना भएका थिए । प्रथम हुनेलाई ५ हजार र कदर पत्रले सम्मान गरिएको थियो ।

त्यस्तै द्धितिय स्थान हासिल गर्नेलाई चारहजार नगद सहित कदरपत्र तथा तृतीय स्थान हासिल गर्नेलाई तीनहजार नगद र सान्त्वना हुनेलाई २ हजार सहित कदर पत्र प्रदान गरिएको थियो ।


ADVERTISEMENT

  



महोत्सवमा केन्द्रीय कलाकारहरु प्रेम मगौरीया,रमेश मिशन,महेश चौधरी,रचना चौधरी,राजु कुशुम्या,रीता चौधरी,सुनील कहर, रवी चौधरी र अस्मीता चौधरीहरुले आफनो प्रस्तुतीबाट दर्शकहरुलाई नचाएका थिए । यसैबीच महोत्सवको शनिबार समापन गरिएको छ ।

कार्यक्रम मूल आयोजक समितिका सयोंजक श्रीप्रशाद चौधरीको अध्यक्षता एंव गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको प्रमुख आतिथ्य एवं गाउँपालिकाका उपाध्यक्ष पिमा कुमारी खड्काको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

‘थारु सस्ंकृती भेषभूषा हमार पहिचान,दंगीशरण गाउँपालिका हमार शान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्स गाउँपालिका अध्यक्ष चौधरीले दगीशरण थारुहरुको उद्गम थलो भएकाले थारु जातिको सस्ंकृती र परम्परालाई स्थान दिन अब छिट्टै नै थारु भिलेजको स्थापना हुने बताए ।

कार्यक्रमको शहजीकरण कार्यक्रम संचालक उप समितीकी संयोजक दिप्तीशिखा चौधरी र रोसन रत्गैयाले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया