तुलसीपुुर
३० पुस/ तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ ले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।

वडामा वसोवास गर्ने दलितको हकमा ८० र अन्य जातिको हकमा ८४ वर्ष पुरा गरेका ज्येष्ठ नागरिकलाई वडाले न्यानो कपडा वितरण गरेको हो । वडामा रहेका १५ ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिने वडाध्यक्ष नवराज लामिछानेले जानकारी दिए ।


उनले ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्नका लागि न्यानो कपडा वितरण कार्यक्रम सञ्चालन गरिएको समेत जानकारी गराए । “समाजका लागि ज्येष्ठ नागरिकको योगदानलाई कदर गरेर हामीले यो कार्यक्रम ल्याएका हौँ” लामिछानेले वताए ।

वडाध्यक्ष लामिछानेका अनुसार वडा कार्यालयमा आउन नसक्ने असक्तहरुलाई घरमै गएर न्यानो कपडा वितरण गरिएको छ । ९४ वर्षिय छविलाल रेग्मी वडाले घरमै आएर न्यानो कपडा वितरण गरेकोमा निकै खुसी छन् । “वुढेसकाल घरमै आएर न्यानो कपडा दिनुभयो साह्रै खुसी लागेको छ ” रेग्मीले भने । उनीजस्तै ९० वर्षिय कृष्णाकुमारी लामिछाने पनि न्यानो कपडा पाउँदा उत्साहित छिन् ।


ADVERTISEMENT

  



वडाले सानो भएपनि आफुहरुलाई सम्मान गरेर न्यानो कपडा वितरण गरेकोमा उनले खुसी व्यक्त गरिन् । वडा सदस्य दुजमान भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण वडा सचिव मुक्ति खनालले गरेका थिए।

तुलसीपुर उपमहानगरपालिकाले १९ वटै वडामा रहेको ज्येष्ठ नागरिकहरुलाई सम्मान स्वरुप न्यानो कपडा वितरण सुरु गरेपछि सबैमा उत्साह छाएको हो । उपमहानगरपालिकाका १९ वटै वडामा पुस मसान्त भित्रमा न्यानो कपडा वितरणको कार्यक्रम सकिएको पनि उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया