शरद रेग्मी, तुलसीपुर 
५-माघ /  तुलसीपुरका ब्यवसायीहरुले आफ्नो कारोबारको हिसाब किताब चुस्त र दुरुस्त राखन निरन्तर अभ्यासमा रहेका छन । उनिहरुले नियमित जसो आयोजना हुने गरेका आधारभुत लेखा तालिममा समेत सहभागी जनाउँदै आएका छन ।

शनिवार तुलसीपुर उधोग बाणिज्य सङघको समन्वयमा सनराईज बैक लिमिटेडले तुलसिपुरमा आयोजना गरेको लेखा सम्वन्धि अभिमुखिकरणमा सहभागी ब्यवसायीहरुले विभिन्न शिर्षकहरुमा जिज्ञासा समेत राखेका थिए । सहभागीहरुले यस अघि जटिल समस्याका रुपमा देखापरेको मिसम्याचको समस्याका बारेमा समेत प्रश्न गरेका थिए ।

कार्यक्रममा प्रमुख प्रशिक्षक सनराईज बैक लिमिटेडका अधिकृत सिए सुगम पोख्रेलले परम्परागत शैलिलाई परिमार्जन गर्दै आधुनिक सुचना प्रबिधिको बिकास सङगसङगै ब्यबसाय सञ्चालन गर्दा पर्न आउने समस्याका बारेमा जानकारी गराएका थिए ।


ADVERTISEMENT

  



उनले सामान्य लेखाशास्त्रको सिद्धान्त ,चालुपुजि ब्यबस्थापनका आधारभुत नियमहरु,सरकरको कर निति,बिबरण,कर दाखिला तथा चुक्ता प्रमाणपत्रका साथै बजार प्रबर्दन तथा बिक्री ब्यबसायिक बाताबरणको बिश्लेसनका बारेमा जानकारी गराएका थिए ।

तुलसीपुर उधोग बाणिज्य सङघका अध्यक्ष बिरबहादुर रावतको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा बोल्ने बक्ताहरुले यस्ता सामान्य किसिमका तालिमको ब्यबस्थापन गर्न स्थानीय निकाय र आन्तरिक राजश्व कार्यालयलाई अनुरोध गरेका छन । उनिहरुले ब्यबसायिहरुको स्तर पहिचान गरेर विभिन्न चरणहरुमा एडभान्स तथा सामान्य तालिमहरुको ब्यबस्था मिलाउन समेत उधोग बाणिज्य सङघलाई अनुरोध गरेका छन ।

कार्यक्रममा सङघका निवर्तमान अध्यक्ष बिमल रिजाल ,सस्थापक सभापति डिल्ली बहमदुर बस्नेत,पुर्व अध्यक्ष हेमन्त रिजाल ,सल्लाहकार नारायण खनाल लगायत एक सय पचास बढि ब्यबसायिहरुको सहभगिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य सनराईज बैक तुलसिपुरका प्रबन्धक रन्जन कोईराला र सहजिकरण सङघका सचिब बिनिल
केसिले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया