ओमप्रकाश गुप्ता, सिसहनियाँ
२३-माघ /  मोटरसाइकलले साइकललाई ठक्कर दिदा देउखुरीमा दुई जना घाइते भएका छन् ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नम्बर ८ बिजौरीमा बेलुका ४ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ गइरहेको मोटरसाइकलले सोही दिशा तर्फ गइरहेको साइकललाई ठक्कर दिदा मोटरसाइकल चालक गढवा गाउँपालिका १ जेठान गाउँ निवासी ४० वर्षिय लेखराम थारु कुमाल गम्भीर घाइते भएका छन् ।

त्यस्तै साइकल चालक राप्ती गाउँपालिका ४ जनकपुर मौरीघाट निवासी १९ वर्षिय पुष्प चौधरी घाइते भएका छन् ।


ADVERTISEMENT

  



घाइते दुवैको अहिले लमही अस्पतालमा उपचार भइरहेको प्रहरी चौधरी सिसहनियाँका प्रमुख गिरिराज पोख्रेलले जानकारी दिएका छन् ।

प्रतिकृया

प्रतिकृया