घोराही
२६ माघ/ घोराही उपमहानगरपालिका वडा नम्बर १६ सानीअम्बापुरमा शनिबार निशुल्क आँखा जाँच शिबिर भएको छ ।

शहरी स्वास्थ्य केन्द्र करौतीडाँडाको आयोजनामा भएको आँखा शिबिरमा २ सय २४ जनाले उपचार सेवा लिएका छन् । ति मध्य ३१ जनामा मोतिया बिन्दु देखिएको र उनिहरुलाई सोमबार राप्ती आँखा अस्पताल रक्षाचौर तुलसीपुरमा बोलाईएको छ ।

आँखा अस्पतालका नेत्र बिषेशज्ञ डा. सुरेश रसाईली, नेत्र अधिकृत शालिकराम गौतम, नेत्र सहायक रोहित कडायत, बाह्य कार्यक्रम सहायक बिष्णुप्रसाद खनाल, नेत्र सहायक प्रशिक्षार्थीहरु मिरा चौधरी र प्रतिक्षा रावलले उपचार तथा जाँचमा खट्नुभएको थियो ।


ADVERTISEMENT

  



त्यसैगरी, घोराही उपमहानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नारायणप्रसाद घर्ती, ठाकुर खनाल, कुमार डाँगी, गिता पोख्रेल, कलमघारी शहरी स्वास्थ्य केन्द्रका इन्चार्ज तुलसा डाँगी र भ्यूडर शहरी स्वास्थ्य केन्द्रका इन्चार्ज शिशिर अर्यालले उपचारमा सहयोगी भूमिका निभाएका थिए ।

शिबिरमा आँखा चिलाउने, एलर्जी, आँखा सुख्खा हुने, आँशु झर्ने लगाएतका समस्या भेटिएको र उनिहरुलाई निशुल्क औषधी प्रदान गरिएको शहरी स्वास्थ्य केन्द्र करौतीडाँडाकी इन्चार्ज तोला केसीले जानकारी दिएकि छन ।

गाउँघरमै आँखाको जाँच तथा परामर्श सहित औषधी पाएपछि नागरिकहरु खुसी भएका छन् । वडा नम्बर १६ का कार्यबहाक अध्यक्ष जगतबहादुर श्रेष्ठको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र नेत्र बिषेशज्ञ डाक्टर सुरेश रसाईलीको बिशिष्ट आतिथ्यतामा शिबिर गरिएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले नगरबासीहरुलाई कुनै पनि उपचारहरुबाट बन्चीत हुनु नपर्ने बताएका छन्। विभिन्न माध्यमबाट नागरिकहरुको स्वास्थ्यलाई उपचार सँग जोड्नका लागि नगर प्रतिबद्ध रहेको बताएका छन्। साथै उहाँले आँखाको हेरचाह, सरसफाई र होसियारी अपनाउन पनि आग्रह गरेका छन् ।

नेत्र बिषेशज्ञ डा. रसाईलीले जिल्लालाई नै मोतिया बिन्दु मुक्त बनाउन लागि परेको जानकारी दिएका छन् । वडा सदस्य मंगल थारुको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण शहरी स्वास्थ्य केन्द्र करौतीडाँडाकी इन्चार्ज तोला केसीले गरेकी थिईन ।

प्रतिकृया

प्रतिकृया