लक्ष्मण बस्नेत,तुलसीपुर
२६ माघ/तुलसीपुर ६ गोलौरामा रहेको डिभाईन टेम्पल एकाडेमीमा जारी साताब्यापी खेलकुद सप्ताह (स्पोट्र्स मिट) २०७५ अन्तर्गत शनिबार बिद्यालय स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ ।

४ वटा तौल समुहमा भएको प्रतियोगिता अन्तर्गत २८ केजि मुनिका प्रतीक लामिछाने प्रथम, एनान बिक दोस्रो, निलेश लामिछाने र बिशाल बिक तृतिय हुन सफल भएका छन् । त्यस्तै ३० केजि तौल समुहमा वसन्त परियार प्रथम,अनिल बिक दोस्रो,नवीन सुनार र जीवन बिक तृतीय भएका छन् ।

त्यसैगरी ३४ केजि तौल समुहमा आशिष चौधरी प्रथम,साकार महतरा दोस्रो,कस्मिर नेपाली र कृश नेपालीले तृतीय स्थान हाँसिल गर्न सफल भएका छन् । यस्तै ४० केजि तौल समुहमा राजीव वली प्रथम,रोषण रसाइली दोस्रो,पवन बस्नेत र जीवन परियार तृतीय भएका छन् ।


ADVERTISEMENT

  



प्रतियोगितामा उत्कृष्ट खेलाडी आशिष चौधरी घोषित भएका छन् । खेलको जुरी कमिटीमा मुख्य रेफ्रीमा सुवासचन्द्र केसी, रेफ्रीमा रेशम चौधरी,सुरज केसी र मनिशा बिक रहेका खेल प्रशिक्षक राकेश परियारले जानकारी दिए ।

क्रिकेट तेक्वान्दो,फुटसल, भलिबल,एथलेटिक्सलगाएतका विभिन्न खेल बिद्यालमा प्रतियोगिता जारी छन् । आइतबार क्रिकेट,एथलेटिक्स र फुटसल बिधामा प्रतिस्पर्धा हुने खेल शिक्षक सुदिप नेपालिले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया