ओमप्रकाश गुप्ता, मसुरीया
२८-माघ /  दाङ राप्ती गाउँपालिकाको गाउँसभा शुरु भएको छ ।

सोमबारदेखि शुरु भएको गाउँसभाको उद्घाटन प्रदेश नं. ५ का प्रदेशसभा सदस्य दामा शर्माले गरेकी हुन् ।

गाउँसभालाई उद्घाटन गर्दै प्रदेशसदस्य शर्माले गाउँपालिकालाई समृद्ध बनाउन कृषिको भूमिका महत्वपूर्ण हुने भन्दै कृषिको बिकासका लागि गाउँपालिकाले नीति बनाउनुपर्ने बताईन् । उनले जनताले अनुभूति गर्ने गरि बिकास गर्नुपर्ने बताईन् । त्यस अवसरमा पूर्बसांसद शुसिला चौधरीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

ADVERTISEMENT


  


 


गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको सभामा प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख रविन्द्रराज पाण्डे, वडा अध्यक्ष विद्याशरण चौधरी,नागरिक समाज देउखुरीका संयोजक दामोदर भण्डारी ,पुर्व जनप्रतिनिधि दोर्ण भुसाल,भालुवाङ होटल व्यवसायी समितिका अध्यक्ष महेश बेल्वासे, वन महासंघ राप्ती गाउँपालिका अध्यक्ष हरि भुसाल,सिसहनिया खानेपानी समितिका अध्यक्ष शान्तराज शर्मा ,शिक्षा शाखा सदस्य सिता रिजाल,समाजसेवी तथा बुद्धिजीवी श्यामेश चौधरी,नरबहादुर केसी ,पत्रकार महेश रिजाल,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राप्ती गाउँपालिका अध्यक्ष धर्मराज अधिकारी ,नेपाली कांग्रेस राप्ती गाउँपालिका सभापति दुर्योधन पाण्डे ,नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य होमप्रसाद शर्मा ,राजमो राप्ती गाउँपालिका अध्यक्ष केशवराज खनाल,राप्रपाका इकाई अध्यक्ष टेकबहादुर गिरी,नेकपा विप्लवका भिमप्रकाश पुन लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उपाध्यक्ष जगदम्बाकुमारी चौधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख राजेन्द्रकुमार घिमिरेले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया