घोराही
२९ माघ/ घोराही उपमहानगरपालिकाको बाताबरण तथा विपद व्यवस्थापन समिति अन्तरगतको सरकारी कार्यालय सरसफाई अनुगमन उपसमितिले जिल्ला प्रहरी कार्यालय दाङको कार्यालय बाहिर सरसफाई गरेको छ ।

कार्यालयको उत्तर तर्फ भलिबल खेल मैदान आसपासमा सरसफाई गरिएको छ । सरसफाई उपसमिति संयोजक रेमन्ता पुन र प्रहरी प्रमुख एसपी वेलबहादुर पाण्डेको अगुवाईमा सरसफाई गरिएको हो ।

कार्यालय बाहिर रहेका सबै फोहोरहरु संकलन गरेर उठाईएको छ ।


ADVERTISEMENT

  



उपसमितिका सदस्यहरु खिमा घर्ती, कृष्णादेवी राना, बाताबरण शाखाका गोपाल खड्का, अर्जुन आचार्य सहित उपमहानगरका सफाईकर्मी र प्रहरीको सहभागितामा सरसफाई गरिएको हो ।

उपमहानगरले नगरका विभिन्न क्षेत्रलाई सफा राख्न वडा सदस्यहरुलाई सरसफाई र अनुगमनको जिम्मेवारी दिएपछि सरसफाई गर्ने क्रम जारी रहेको छ ।

आफुले गर्ने फोहोरको आफै उचित व्यवस्थापन तथा संकलन गर्न उपसमितिले आग्रह समेत गरेको छ ।

प्रतिकृया

प्रतिकृया