घोराही,
३-फागुन /  सुजुकी कम्पनीको सुजुकी बर्गम्यान १ सय २५ सीसीको स्कुटर बजारमा आएको छ । कम्पनीको आधिकारीक बिक्रेता एमएस अटो घोराहीले शुक्रबार एक कार्यक्रम गरी कम्पनीको नयाँ मोडेलको स्कुटर लञ्च गरेको हो ।

एमएस अटोका संचालक माधव योगीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका-१५ का अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यतामा सुजुकी वर्गम्यान १ सय २५ सीसीको स्कुटरको उद्घाटन गरिएको हो । सुजुकी वर्गम्यान स्कुटर हिमाल , पहाड र तराईका लागि उपयुक्त रहेको र मोवाईल चार्ज सहित सुविधा भएका कारण अरु भन्दा फरक सुविधा रहेको कम्पनीका मार्केटीङ म्यानेजर नवराज कोइरालाले जानकारी दिए ।

कोईरालाले जापानिज प्रबिधिबाट निर्माण गरिएको उक्त स्कुटरमा धेरै सुबिधाहरु भएको बताए । उनले २.५ लिटरको बोतल राख्न सकिने, मोवाईल चार्ज गर्न सकिने, लामो सिट भएको, २१.५ लिटर क्षमताको बक्स, सहज सिट भएको , अगाडि सिलिन्डरलगायत अन्य सामाग्री सहजै राख्न सकिने, सहज एक्सिलेटर लगायतका सुविधाहरु रहेको उनले बताए ।


ADVERTISEMENT

  



त्यस्तै सका १४ ईञ्चको ट्युबलेस ठूला टायरहरु, सातहजार पाँचसय आरपिएममा ८.७ बिएचपिको शक्ति उत्पादन गर्ने क्षमता बोकेको १२४.३ सिसिको ईञ्जिन, ५.६ लिटरको पेट्रोल अट्ने क्षमता भएको समेत उनले बताए ।

उक्त स्कुटरको मूल्य दुईलाख २९ हजार ९ सय रहेको भने भने पाँच बर्ष वारेन्टी रहेको उनले बताए । यस्तो स्कुटर नेपालमा उपलब्ध रहेका स्कुटर भन्दा आकर्षक रहेको समेत उनको भनाई थियो । लामो समयदेखि जापानीज टेक्नोलोजीबाट निर्मित सुजुकी ब्राण्डका बाइक तथा स्कूटरको बिक्री गर्दै आएको छ ।

कम्पनीका सेल्स म्यान धनीराम भुसालको स्वागत मन्तव्यबाट शुरु भएको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महाँसंघ दाङका अध्यक्ष सबिन प्रियासन, दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष बसन्त जोशी लगायतले बोलेका थिए भने कार्यक्रमको सहजीकरण पत्रकार नविन अभिलाषिले गरेका थिए  ।

प्रतिकृया

प्रतिकृया