रोल्पा,
५-फागुन /  सबै विकासको आधार शिक्षा रहेको भन्दै रोल्पाको त्रिवेणी गाउँपालिकाले आफ्नो गाउँ शिक्षा योजना निर्माण थालेको छ ।

गाउँपालिकामा शिक्षाको आधारलाई विकास गर्दै गुणस्तरीय शिक्षा निर्माण गर्न सबै सरोकारवाला निकायहरुको सहभागितामा गाउँ शिक्षा योजना बनाउन लागिएको हो ।

गाउँपालिकाले शिक्षा क्षेत्रमा धेरै प्राथमिकता दिएको तर योजनावद्ध रुपमा नभएकोले गाउँ शिक्षा योजना बनाएर नै गुणस्तरीय शिक्षाका लागि विकास गरिने त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले बताए ।


ADVERTISEMENT

  



गाउँ शिक्षा समितिका अध्यक्ष समेत रहेका वलीले शिक्षामा लगानी बढाउदै शिक्षाको क्षेत्रमा नूमना गाउँपालिका बनाउन लाग्ने बताए ।

गाउँपालिकाले गाउँ शिक्षा योजना निर्माणका लागि फागुन ३ र ४ गते दुई दिने कार्याशाला गोष्ठी समेत सम्पन्न गरेको छ ।

गाउँ शिक्षा योजना निर्माणको सहजीकरण नेपाल सरकारका उपसचिव एवं शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय रुपन्देहीका प्रमुख दीपेन्द्र ढकालले गरेका थिए ।

कार्याशालामा गाउँ शिक्षा समितिका पदाधिकारी तथा सदस्यहरु, सातै वडाका वडा अध्यक्षहरु, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, गैरसरकारी संघ संस्था प्रतिनिधिहरु, बाल क्लव संजालका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

त्रिवेणी गाउँपालिकाको आयोजना तथा मानवअधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पा र सेभ द चिल्ड्रेनको सहयोगमा गाउँ शिक्षा निर्माण कार्याशाला गोष्ठी भएको हो । हुरेक रोल्पाले विगत केही वर्षदेखि त्रिवेणीमा शिक्षा, बाल संरक्षण, जीविकोपार्जन लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

कार्याशालामा गाउँपालिका अध्यक्ष शान्तकुमार वली, उपाध्यक्ष सावित्रा बुढा, निमित्त प्रमुख प्रशासकीय अधिकृत कमन गिरी, शिक्षा प्रमुख रेगम जिसीले लगायतले आफ्नो मनव्य राखेका थिए । गाउँ शिक्षा योजना निर्माणका लागि एक मस्यौदा समिति समेत बनाइएको अध्यक्ष वलीले बताए ।

प्रतिकृया

प्रतिकृया