रोल्पा,
८-फागुन /  रोल्पाको एक घरमा आगलागी हुँदा घर पूर्ण रुपमा क्षति भएको छ ।

मंगलबार दिउसो १ बजेतिर रुन्टीगढी गाउपालिका वडा नं. ९ राम्दी स्थित मान बहादुर घर्तीका घरमा आगलागी हुँदा दुईलाख ५० हजार भन्दा बढि क्षति भएको रोल्पा प्रहरीले बताएको छ ।

खरको कच्ची घरमा बच्चाबच्ची मात्र भएको समयमा आलगानी भएको हो । आगलागी हुँदा घरमा रहेका अन्नपात,भाडाबर्तन, लक्तापकडा, जालीलगायतसम्पूर्ण सामान नष्ट भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।


ADVERTISEMENT

  



आगलागीलाई ईलाका प्रहरी कार्यालय होलेरी, स्थनीयलगायतको सक्रियतामा नियन्त्रणमा लिईएको हो ।

प्रतिकृया

प्रतिकृया