तुलसीपुर,
१६-फागुन /  दाङको तुलसीपुरमा वर्डलिंकका १५ सय बढि ग्राहक रहेका छन् । तुलसीपुर शाखा अहिलेसम्म १५ सयभन्दा बढि ग्राहक रहेको जानकारी दिईएको हो ।

तुलसीपुरमा बिहीबार आयोजित वर्डलिंक सर्भिस क्याम्पमा यस्तो जानकारी दिईएको हो ।

२०७४ मंसिरदेखि सेवा शुरु गरेर अहिलेससम्म ईन्टरनेट र टिभि केबलको सेवा प्रदान गर्दै आएको शाखा प्रबन्धक लोकेन्द्र बस्नेतले जानकारी दिए ।


ADVERTISEMENT

  



त्यस अवसरमा एक बर्षको लागि एक महिनाको शूल्क फ्रि, तीन महिनाको लागि १५ दिन र एक महिनाको लागि एक दिन फ्रि नेट सुबिधा भएको समेत जानकारी दिईएको थियो ।साथै अन्य बिभिन्न सुबिधाहरु रहेको समेत जानकारी गराईएको थियो ।

बिहीबार बाहिनीचोक वर्डलिंकको कार्यालय अगाडि भएको कार्यक्रममा अहिले पूर्बमा बिजौरी, पश्चिममा शिवनगर, उत्तरमा गहतेखोला र दक्षिणमा एयरपोटसम्मका सेवाग्राहीलाई तुलसीपुर शाखाले सेवा प्रदान गर्दै आईरहेको प्रबन्धक बस्नेतले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया