ओमप्रकाश गुप्ता, लालमटिया
१८-फागुन /  गुरुङ राष्ट्रिय परिषद दाङको तेस्रो जिल्ला अधिवेशन उद्घाटन कार्यक्रम राप्ती गाउँपालिका २ लालमटिया स्थित हर्षेडाँडामा सम्पन्न भएको छ ।

परिषद्का जिल्ला अध्यक्ष खुमबहादुर गुरुङको अध्यक्षता एवम् परिषद्का केन्द्रिय उपाध्यक्ष यमबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले गुरुङकहरुको पहिचान कायम गर्न सरकारले ध्यान दिनुपर्ने बताएका छन् । साथै उनीहरुले गुरुङ समुदायले आफनो भाषा, कला, सस्कृति भुल्न नहुने बताएका छन् ।

सो अवसरमा परिषद्का केन्द्रिय सदस्य मिमबहादुर गुरुङ, परिषद्का प्रदेश नम्बर ५ का प्रमुख चन्द्रबहादुर गुरुङ, पच्यु गुरु नविन गुरुङ, महिला प्रदेश सचिव सुमित्रा गुरुङ, तमु विद्यार्थी संघका केन्द्रिय सदस्य भविन्द्र गुरुङ लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

परिषद्का जिल्ला कोषाध्यक्ष दलबहादुर गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन परिषद्का सल्लाहाकार मनि गुरुङले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया