ओमप्रकाश गुप्ता, लमही
१८-फागुन /  तेस्रो जखेरा पर्यटन तथा साँस्कृतिक महोत्सवको शनिवार दोस्रो दिन चर्चित गायक टंक तिमिल्सिनाले महोत्सव तताएका छन् ।

गायक तिमिल्सिनाले कि त वार कि त पार भेटौ शनिवार, सनसनी सनसनी यो मुटु खाइरहनी,राती राती न हिड डिस्को पाटीमा झुण्डिएर मर्छुमा तिम्रा घाटीमा जस्ता गितले दर्शकहरुले भरपुर्ण मनोरञ्जन लिएका थिए । त्यस्तै महोत्सवमा गायक सुधिर अधिकारी, बाल कलाकार अनुष्का आचार्य लगायतका स्थानीय कलाकारहरुले पनि भरपुर्ण मनोरञ्जन दिएका थिए ।

यसै बिच महोत्सवको तेस्रो दिन आइतवार लोक दोहरी गायक कृष्ण रेउले, गायक राजेन्द्र चौधरी, मोडेल सर्मिला चौधरी लगायतका कलाकारहरु आउने आयोजकले जानकारी दिएको छ । जखेरातालको प्रचारप्रसार तथा ताल संरक्षणका लागि आयोजना गरिएको महोत्सव २० गते सम्म सञ्चालन हुने छ ।


ADVERTISEMENT

 


महोत्सवमा ४५ वटा स्टल रहेको छ भने १५ हजार दर्शकले अवलोकन गर्ने १० लाखको कारोवार र २ लाख नाफा गर्ने लक्ष्य रहेको आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा पिङ, रेलगाडी, बच्चाका खेलौना, मन्दिर दर्शन, डुंगामा सयर गर्न सकिने, पिकनिक स्पोर्ट, रमणीय वन जंगल, चराचुरुङगीको मिठो आवाज सुन्न सकिने छ भने मेला अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था समेत गरिएको आयोजकले बताएको छ ।

प्रतिकृया

प्रतिकृया