घोराही
२३ फागुुन/
दाङ जिल्ला फुटबल संघले घोराहीमा पर्सि हुुने भनिएको शहिद लखन थापा कप फुुटबल प्रतियोगिता रोक्न आग्रह गरेको छ ।

संघले आज एक प्रेस विज्ञप्ती जारी गरी फिफाको नियम विपरित खेल अघि बढाईएको भन्दै पर्सि हुुने भनिएको फाईनल खेललाई रोक्न आग्रह गरेको हो ।संघका अध्यक्ष सुुसिल श्रेष्ठ द्धारा जारी विज्ञप्तीमा यहि फागुुन १७ गते भएको खेलमा फिफाको नियम अनुुसार युुएनबिसी बिजयी भएको उल्लेख गरिएको छ ।

फागुुन १७ गते बडहरा युुवा क्लब र युुएनविसी बिच भएको फाइनल खेलमा बडहरा युुवा क्लबका खेलाडी बिजेन्द्र घर्तीले ४१ औँ मिनेटमा रेड कार्ड पाएपछि खेल बिवादित भएको थियो ।


ADVERTISEMENT

 


रेफ्रिले खेलाडीलाई बिना कारण रेडकार्ड दिएको भन्दै बडहरा युुवा क्लब फुुटबल ग्राउण्डबाट बाहीरिएपछि मुुख्य रेफ्रि अमृत केसीले फिफाको नियम अनुुसार युुएनबिसी बिजयी भएको घोषणा गर्नुुभएको थियो । तर खेल आयोजक नेपाल मगर संघले पर्सि २५ गते पुुनः खेल हुने बताएको छ ।

साथै संघले रेफ्रिको नियम विपरित खेलको आयोजना गरेको भन्दै खेल पुनः संचालन भएमा आगामी दिनमा गलत नजिर बस्ने विज्ञप्तीमा उल्लेख गरेको छ ।।

प्रतिकृया

प्रतिकृया