सल्यान
२७ फागुन/
सल्यान छत्रेश्वरी गाउँपालिका वडा नम्बर ७ का आधा दर्जन बढि बस्तीमा विजुली बत्ति बलेको छ ।

विजुली बत्तीको सुविधाबाट पाँच सय बढि घरधुरी लाभान्वीत भएको वडा कार्यालयले जनाएको छ । गाउँमा पहिलो पटक विद्युत पुगेपनि गाउँलेहरु हर्षित भएका छन् ।

जामुनेखोला, पानीखोला, रावतगाउ, राङ्सी, डुम्री गाउ, बताते श्रीचवर, सांकोट लगाएतका वस्तीमा विजुली बत्ती पुर्याइएको वडा नम्बर ७ का वडाध्यक्ष मेघराज भण्डारीले जानकारि गराए । उनले भनेका छन्, ‘हाम्रो वडाका विभिन्न बस्तीमा विजुली बत्ती बलेपछि स्थानीयहरु निकै खुसि देखिनुभएको छ । विकास र परिवर्तनको अनुभुति गर्नुभएको छ ।’


ADVERTISEMENT

  



छत्रेश्वरि गाउँपालिकाको ५८ लाख आर्थिक सहयोग बाट बिद्युत सेवा बिस्तारको काम सम्पन्न भएको हो । उक्त बजेट अन्तर्गत उपभोक्ता समितीले ८ लाख र निर्माण कम्पनीमार्फत ५० लाखको काम सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ । विद्युत सेवा बिस्तारमा नेपाल बिद्युत प्राधिकरण सल्यानले तार र केही पोलहरु सहयोग गरेको बताइएको छ ।

जामुनेखोलामा ५० वाट, राङ्सी र डुम्रीगाउमा २५।२५ वाटका ट्रान्सर्फमर जडान गरिएको वडा अध्यक्ष भन्डारीले बताएका छन् । यस्तै सोही रकमबाट गुद्रेखोला र जिताठानमा बिद्युतका नयाँ पोलहरु गाडिएको छ । लाईन बिस्तार नभएको तुसारेमा चाडै बिस्तार गरिने भण्डारीले बताए ।

प्रतिकृया

प्रतिकृया