घोराही
२८ फागुन/
घोराही उपमहानगरपालिकाले व्यवसाय दर्ता अभियानलाई तिब्रता दिएको छ ।

व्यवसाय दर्ता गरेर मात्रै सञ्चालन गर्नु पर्ने भन्दै उपमहानगरले दैनिक कर्मचारीहरुलाई व्यवसाय घरदैलो अभियानमा खटाएको छ ।

दैनिक दुई जना कर्मचारी व्यवसाय दर्ता भए नभएको बारेमा बुझ्न पसलमा पुग्ने गरेका छन् । पसल दर्ता बिनै सञ्चालन हुदा पसल बैधानिक नहुनुका साथै राजस्व छलि हुने भनदै उपमहानगरले कर्मचारीलाई बजारमा परिचालन गरेको हो ।


ADVERTISEMENT

  



दैनिक दुई दर्जन बढी पसलहरुको अनुगमन गर्दै दर्ता नभएकालाई एक सातामा दर्ता प्रकृयामा आउन पत्र काट्ने गरेको राजस्व शाखा प्रमुख कृष्णकुमार केसीले जानकारी दिएका छन्। अनुगमन सँगै दर्ता प्रकृयामा आउनेको संख्यामा बृद्धी हुदै गएको छ ।

हिजोआज दैनिक एक दर्जन पसलहरु दर्तामा आउने गरेको शाखा प्रमुख केसीले जानकारी दिएका छन्। अनुगमनका क्रममा ५० प्रतिशत पसलहरु दर्ता बिनै चलेको पाईएको छ ।

चालु आर्थिक बर्षमा उपमहानगरको राजस्व शाखामा १ हजार ४ सय ८४ जना पसलहरु दर्तामा आएका छन् भने उपमहानगरमा कूल ६ हजार व्यवसाय दर्ता भएको शाखा प्रमुख केसीले जानकारी दिएका छन्।

प्रतिकृया

प्रतिकृया