शंकर के सी,सल्यान
२९ फागुन/
सल्यानको एक विद्यालयभित्र रहेको ट्रान्सफर्मरले गर्दा जोखिम बढेको छ ।

ट्रान्सफर्मरसँगै फ्यूज, स्वीचहरु जमिनबाट झण्डै २ मिटरको उचाईमा छ । यसले गर्दा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु असुरक्षित भएको र समय समयमा बिद्यार्थीलाई करेन्ट समेत लाग्ने गरेको छ ।

शारदा नगरपालिका वडा नम्बर ४ पिपलनेटामा रहेको महेन्द्र रत्न माद्यामिक बिद्यालयको हाता भित्र रहेको ट्रान्सफर्मर हटाउन बिद्यालयले माग गरेपनि सुनुवाई भएको छैन ।


ADVERTISEMENT

  



पिपलनेटा र यस आसपासको गाउँहरुमा बिद्युक्तिकरण गर्न करिब दुई दशक पहिले बिद्युक्तको ट्रान्सफर्मर जडान गरिएको थियो । तत्कालिन समयमा बिद्यालयमा भरपर्दो घेरबार नहुनु, बिद्यालयसँग छलफल नगरेरै ट्रान्सफर्मर जडान गरिएको थियो ।

बिद्यालयका शिक्षक किशोर हमालले भनेका छन्ः ‘बिद्यालयको मैदानमा ट्रान्सर्फमर जडान गरिएको छ, फलामको पोलमा झण्डै २ मिटरजती उचाईमा ट्रान्सर्फमर छ, साना बिद्यार्थीले पनि सजिलैसँग छुन सक्छन् । ३-४ पटक बिद्यार्थीलाई करेन्ट लागिसक्यो, उनीहरु घाईते समेत भए ।’

बिद्यालयका प्रधानाध्यापक प्रकाश हमालले तत्काल बिद्यालय परिसरमा रहेको ट्रान्सर्फमर हटाउनुपर्ने बताए । ‘बिद्यालय बिद्याको मन्दिर हो, हामीले चारैतीर बिद्यालय घेरबार गरेकाछौँ, उनले भने, तर कहिलेकाही बिद्यालय समयपछि ट्रान्सर्फमरमा समस्या आयो भने बिद्यालयको गेटमा ताल्चा लगाएको हुन्छ, यसले ठूलो क्षति निम्त्याउन सक्छ, त्यसैले ट्रान्सर्फमर तत्काल हटाउनु पर्छ ।’

प्रतिकृया

प्रतिकृया