घोराही
२९ फागुन/ घोराही उपमहानगरपालिकाले कक्षा ८ को आधारभुत शिक्षा परिक्षा आगामी चैत्र ३ गते देखी सञ्चालन गर्ने भएको छ ।

परिक्षाको जानकारी र केन्द्राध्यक्षहरुलाई आज आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखाले चैत्र ३ गते देखी सुरु हुने परिक्षा सञ्चालन गर्न ३१ वटा केन्द्र निर्धारण गरिएको जानकारी दिएको छ ।

सामुदायिक र निजि गरि ८३ विद्यालयका ४ हजार ८८ परिक्षार्थी परिक्षामा सहभागि हुने र तयारीहरु अन्तिम चरणमा पुगेको शाखा प्रमुख श्रीप्रसाद भटराईले जानकारी दिएका छन । परिक्षालाई मर्यादित सँगै व्यवस्थित बनाउन केन्द्राध्यक्षहरुलाई दिएको जिम्मेवारी अनुसार आफुहरुले निगरानी गर्ने उनले बताएका छन ।


ADVERTISEMENT

  



कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले परिक्षालाई शान्त र अनुशासित बनाउन केन्द्राध्यक्ष सहित शाखालाई निर्देशन दिएका छन । नगरको सामाजिक विकास समितिका संयोजक भरतमणि अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख चौधरीले विद्यार्थीहरुलाई उत्साहीत र परिक्षालाई मर्यादित बनाउन निर्देशन दिएका छन ।

नगर उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत सन्तबहादुर सुनारले परिक्षालाई व्यवस्थित बनाउन आबस्यक तयारीलाई चुस्त पार्न निर्देशन दिएका छन । शाखा अधिकृत नारायण पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण विपना बर्तौलाले गरेका थिए।

प्रतिकृया

प्रतिकृया