ओमप्रकाश गुप्ता, लमही
३०-फागुन /  राप्ती गाउँपालिका ५ सिसहनियाँ निबासी अभिभाबक मिलन पाण्डेयलाई आफ्नो सात बर्षिय छोराले आफुले भन्दा धेरै मोबाइल र टेलिभिजन हेर्ने गर्दा चिन्ता लागि रहन्थ्यो तर बच्चालाई त्यसबाट कसरी अलग राख्ने भन्ने बिषयले उनलाई सधै पिरोलि रहन्थ्यो ।

बालअधिकारको बारेमा जानेका पाण्डेलाई बालबालिकालाई माया गर्नुपर्छ भन्ने थाहा छ ।

उनीहरुको भाबना अनुसार अभिभाबकले बालबालिकालाई खुसी राख्नुपर्छ भन्ने पनि थाहा छ । तर त्यो खुसी दिनका लागि मोबाइल र टेलिभिजनमा बच्चालाई झुम्न दिनु बाहेक अरु बिकल्प थिएन र उनले बच्चाको खुसीको लागि मोबाइल टेलिभिजन जति सम्म चलाउन पनि छुट दिएका कारण उनले भन्दा आफ्नो सात बर्षको छोराले बढिमात्रामा मोबाईल र टिभि प्रयोग गर्ने गरेको पाण्डेले भने  ।


ADVERTISEMENT

  



त्यस्तै अर्का अभिभाबक ओम प्रकाश सुबेदी सागरले आफ्नो बच्चाले प्रश्न सोध्यो भने जान्ने तर लेख्न बिर्सने गरेको बताए । त्यस्तै गढवाकी रामकुमारी यादवले कसैले केही भन्यो भने रोइहाल्ने र बिद्यालयमा नम्बर थोरै आउदा बिद्यालय छोडछु भन्ने गरेको समस्या दर्शाए । अर्का अभिभाबक गणेश चौधरीले बच्चले औला चुसिरहने र बढि झजजिने समस्या छ भने । केही अभिभाबकहरुले आफ्ना बच्चामा रातमा दाँत टोक्ने र बरबराउने गरेको बताए ।

लमहीको गोरखा मोर्डन सेकन्डरी स्कुल लमहीले विहिवार बालबालिकाको समस्या पहिचान गर्न आयोजना गरेको अभिभाबक र वरिष्ठ बाल मनोवैज्ञानिक डाक्टर सुशिल कँडेल बिचको अन्र्तक्रिया छलफलफल कार्यक्रमको अबसरमा अभिभाबकहरुले आफ्नो समस्या खुलेर राखेका थिए । अभिभबक र डाक्टर कडेल बिचको आमनेसामने कार्यक्रममा अभिभाबकहरुले यी र यस्तै थुप्रै जिज्ञासाहरु राखेका थिए । सो अबसरमा स्रोत व्यक्ति, डाक्टर सुशिल कँडेलले नेपालका ८६ प्रतिशत बालबालिकाहरु समस्याग्रस्त रहेको बताए । उनले बालबालिकाहरु समस्यामा पर्नुको पहिलो कारण अभिभाबक रहेको बताए । त्यसका लागि अभिभाबकहरुले बच्चा जन्मे देखि १४ बर्षको हँुदा सम्म बिशेष ख्याल राख्न जरुरी रहेको बताए ।

मोबाइल इन्टनेटबाट बच्चालाई छुट्कारा दिलाउनका लागि अभिभाबकहरु केहि कठोर बन्न आबश्यक रहेको बताए । मोबाइलको बढ्दो प्रयोगले बच्चाको मस्ष्तिक शक्ति गुम्ने खतरा रहेकोले त्यो खतराबाट बच्न अभिभाबकहरुलाई सर्तक रहन अनुरोध गरेका छन् ।

कार्यक्रमको उदेश्यबारे प्रकाश पार्दै बिद्यालयका सिईओ डाक्टर जिबराज आचार्यले बालबालिकाहरुले पढेको पढ्यै हुन्छ रिजल्ट राम्रो आउदैन, भन्ने अभिभाबकको जिज्ञासाको सम्बोधन गर्नुका साथै बिद्यार्थी सँगै अभिभाबक र शिक्षक बिचको त्रिकोणात्मक सम्बन्धलाई मजबुत बनाई बच्चाको दिमाग कसरी स्वस्थ्य बनाउने र बच्चा सँगै अभिभाबकलाई पनि बालबालिका प्रति कसरी थप जिम्मेवार बनाई बिद्यार्थीको चौतर्फी बिकाशमा टेवा पु-याउने उदेश्यले नेशनल प्रोग्राम सेन्टर र गोरखा मोर्डन सेकन्डरी स्कुल बिच सम्झौता भई शिक्षक अभिभाबक र बिद्यार्थी सँगको मनोपरार्मश शिक्षा शुरु गरिएको जानकारी दिएका छन् । विहिवार पहिलो दिन दुई सत्रमा गरि नर्सरी देखि १० कक्षा सम्मका अभिभाबकहरुको सहभागिता रहको थियो । कार्यक्रमको सहजीकरण बिद्यालयका प्रिन्सिपल लोकमणी रिजाल र हुकुमानन्द पाण्डेले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया