ओमप्रकाश गुप्ता,लमही
३० फागुन/ देउखुरीको लमही स्थित अजम्बरी सामुदायिक वनको १४ औंसाधरण सभा तथा अधिबेशनको विहिवार विरुवा रोपेर उद्घाटन गरिएको छ ।

अधिवेशनको उद्घाटन प्रदेश सांसद रेवतीरमण शर्माले गरेका छन् । उनीसंगै लमही नगरपालिका प्रमुख कुलवहादुर केसी,वडा नम्बर ५ का वडा अध्यक्ष बिम वहादुर केसीले एक:एक वटा विरुवा रोपेका थिए ।

विरुवा रोप्दै प्रदेश सांसद शर्माले वन जोगाउन सके मात्रै मानवजिवन सार्थक हुने भन्दै उपभोग संगै संरक्षणमा ध्यानदिन वनका उपभोत्तालाई आग्रह गरे । सामुदायिक वन राम्रो भयो भने सामुदायिक वनका उपभोक्ताले नै प्रयोग गर्ने हो, त्यसैले सामुदायिक वन जोगाउने अभियानमा लाग्न आवश्यक छ,शर्माले भने । कार्यक्रमका प्रम्ख अतिथि समेत रहेका शर्माले सरकारले भन्ने गरेको सुखी नेपाली समृद्ध नेपालको नारा सामुदायिक वनबाट पनिगर्न सकिने बताए । हामी हाम्रो वन जोगाउने हामी आफै उपभोग गर्ने हो, सामुदायिक वनबाट पनि क्षमता विकास र आयआर्जनका काम गर्न सकिन्छ,उनले भने ।

कार्यक्रमका विशिष्ट अतिथि कुलवहादुर केसीले स्थानीय सरकार सामुदायिक पनि जोगाउने काममा सकृय रहेको बताए । स्थानीय सरकारले स्थानीय श्रोत साधन जोगाउँदै उपभोग गर्ने पक्षमा छ, मेयर केसीले भने । कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बिमवहादुर केसी, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) लमहीनगर कमिटि सचिव बसन्तशर्मा,नेपाली कागेसका नेत्रसिंह ठकुरी, राष्ट्रिय जनमोर्चाका पदम प्रसाद गोराथोकी,होटल व्यवसायी समितिका अध्यक्ष हिमन्त प्रसाद पाण्डे,सामुदायिक वनका पुर्व अध्यक्ष तिलक केसी,देउखुरी मोवाइल संघका अध्यक्ष भिम भुसाल लगायतको सहभागिता सव डिभिजन कार्यालयका छोटेलाल चौधरी,लमही खानेपानीका सचिव सनम पौडेल सहित सामुदायिक वनका उपभोत्ताको सहभागिता रहेको थियो ।

लगायतको सहभागिता रहेको थियो । सामुदायिक वनका अध्यक्ष पुनाराम केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तारा प्रसाद खनाल र सहजीकरण मानवहादुर रानाले गरेका थिए ।


ADVERTISEMENT

  



प्रतिकृया

प्रतिकृया