ओमप्रकाश गुप्ता, लमही
३०-फागुन /  देउखुरीको लमही नगरपालिका १ सुन्डबरी खुट्टीको १ घरमा विहिवार अपरान्ह ५ बजे तिर आगलागी भएको छ ।

आगलागी हुँदा झन्डै १ लाख बराबरको क्षति भएको छ । आगलागीबाट सुनिता कुमाल,वर्षा कुमालको १ तले फुसको घरमा आगलागी हुँदा घर जलेर पुर्णरुपले क्षती भएको छ ।

नेपाल बन्द भएकोले घरमा सम्पूर्ण व्यक्तिहरु भएको तथा लमही नगरपालिकाको दमकलले सो आगोलाई नियन्त्रणमा लिएका थिए । यद्यपी फोन गरेर दमकल आउँदा आगो लागेर घर खरानी भइसकेको थियो ।


ADVERTISEMENT

  



घरको तल्लो तलामा बच्चालाई आमाले दूध खुवाउन लागेका बेला एक्कासी आगजनी भएको पिडित कुमालले बताएकी छिन् । तल्लो तलामा धनमाल तथा अन्न राखेकाले सो सामाग्री समयमा निकालेकाले थप क्षति हुनबाट जोगिएको हो ।

प्रतिकृया

प्रतिकृया