सल्यान,
७-चैत /  सल्यानको शारदा नगरपालिकाले कृषकहरुलाई उन्नत जातका बोयर बोका वितरण गरेको छ ।

कार्यालयले आव्हान गरेको प्रस्ताब अनुसार नितिगत मापदण्ड भित्र परेका समूह, सहकारी र व्यक्तिगत फारामहरुलाइ शतप्रतिशत अनुदानमा बोका बितरण गरिएको नगरपालिका पशुसेवा शाखाका मधुशुधन उपाध्यायले बताएका छन् ।

उनका अनुसार ११ वटा बोयर बोका बितरन गरिएको छ ।


ADVERTISEMENT

  



नगरका कृषि संयोजक तथा वडा नम्बर ६ का वडा अध्यक्ष भिकराज बुढाथोकी नेतृत्वको टोलिले नगरपालिकामा प्राप्त प्रस्तावहरुको मुल्याङ्ग्कन गरेको थियो । नगपालिकालाई पशु विकास र कृषि उत्पादनको पकेट क्षेत्र बनाउने नीति अनुरुप व्यावसायिक बाख्रापालनलाई उत्प्रेरित गर्न बोका बितरन गरिएको नगरपालिकाले दाबी गरेको छ ।

बोका बितरणको लक्ष्य परम्परागत बाख्रापालनलाई क्रमश व्याबसायिक गर्दै लैजानु र उत्पादनलाई बढवा दिई कृषकहरुको आर्थिक अवस्थालाई उकास्नु रहेको कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा पनि नगरले बोका बितरन गरेको थियो । बोयर बोकाको बितरनले नश्ल सुधार गर्नुका साथै हाल भैरहेको मासुको उत्पादन लाई दोव्वर बनाउने कार्यालयले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया