दिप्तीशिखा चौधरी, दंगीशरण
११-चैत /  दाङको दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले गाउँपालिकामा महिलाहिंसा बिरुद्धको अभियान सञ्चालन गर्ने बताए ।

उनले स्वास्थ्यको क्षेत्रमा परामर्शलाई अगाडि बढाएर हिंसा बिरुद्धको अभियान शुरु गर्ने बताए । ग्रामिण क्षेत्रमा स्वास्थ्य सम्बन्धि सचेतना नभएको भन्दै उनले गाउँ केन्द्रीत कार्यक्रम सञ्चालन गर्ने बताए ।

महिला पुनस्थापना केन्द्र ओरेकले आयोजना गरेको महिला हिंसा बिरुद्धको अभियान,आर्थीक सामाजिक र सास्कृतीक अभियान अन्र्तगतको बार्षीक समिक्षा तथा योजना बैठकमा उनले यस्तो बताए ।


ADVERTISEMENT

 


सो अवसरमा स्वास्थ्य शाखाका प्रमूख बिष्णु क्षेत्रीले स्वास्थ्य सस्ंथामा एक दिनमा एकसय देखी डेढसय जनालाई सेवा दिनु पर्ने बाध्यता स्वास्थ्यकर्मीलाई रहेको बताए ।

बार्षिक समिक्षात्मक कार्यक्रममा ओरेककी जील्ला सयोंजक इश्वरी थापाले महिला हिंसा बिरुद्धको अभियानमा सम्पन्न गरिएका प्रमुख गतिबिधि ,दंगीशरणमा हुने महिला हिंसा बिरुद्धको कार्यक्रम तथा गोष्ठीको बारेमा जानकारी , यौन तथा प्रजनन् स्वास्थ्य र मनोसामाजिक सहयोग सम्बन्धि ५ दिने तालिम, महिलामैत्री स्वास्थ्य सेवा संञ्चालनमा स्वास्थ्यकर्मीहरुको भूमिका बिषयक तालीम जस्ता बार्षिक सामाजीक सास्ंकृतीक अधिकारको अभियान महिला स्वास्थ्यमा सम्पन्न गरिएका प्रमूख गतिविधीहरु ,अभिमूखीकरण, गोष्ठी ,छलफल बैठक,पाठेघर झर्ने कारण लगाएतका बिषयमा जानकारी गराएका थिए ।

उनले घोराही उपमहानगरपालिकामा ७६ जना , तुलसीपुर उपमहानगरपालिकामा ५० , शान्तीनगर गाउँपालिकामा १२, बबई गाउँपालिकामा ४ , गडवा १, बंगलाचुलीमा ८, लमही नगरपालिकामा ३, राजपुरमा ४, राप्ती गाउापालिका ५, दंगीशरणमा महिला हिंसाको केश ५ जना र अन्य जील्लामा १३ गरी जम्मा १८१ जना रहेको जनाए ।

ओरेककी जिल्ला सयोंजक इश्वरी थापाको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको प्रमुख आतिथ्य एवं गाउँपालिकाका उपाध्यक्ष पिमा कुमारी खड्का बिशिष्ट आतिथ्यमा बैठक भएको हो । सबिता चौधरीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण ओरेककी दिपा अधिकारीले गरेकी थिईन् ।

प्रतिकृया

प्रतिकृया