दिप्तीशिखा चौधरी, दंगीशरण
११-चैत /  राज्यबाट नभई स्थानीय तहले बाल बिबाह न्यूनीकरण सम्बन्धि नीति बनाउनु पर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।

स्थानीय तहले नीति निर्माण गरेपछि बिभिन्न संघ सस्था र स्थानीय तहको सहभागितामा सचेतनामुलक कार्यक्रम गाउँ तहमा ल्याउनुपर्ने उनीहरुको भनाई थियो ।

कार्यक्रममा सहभागी दंगीशरण गाउँपालिकाकी चन्द्रकला बिकले आफु बालबिबाह गरेकाले अहिले सामाजिक र मानसिक रुपमा आफुलाई असर गरिरहेको बताए ।


ADVERTISEMENT

  



गाउँपालीकाका महिला तथा बालबालीका शाखाकी प्रमूख चन्द्रा वलीले कानुनी बिबाह पछि मात्र सामाजीक बिबाह गर्नुपर्ने प्रावधान भएमा बालबिबाहमा कमी आउँने उनको तर्क छ । ईलाका प्रहरी कार्यालयका असई माधव कुमार श्रेष्ठले प्रहरी प्रशासनमा बालबिबाहका उजुरी न्यून मात्रामा आउँने गरेको र आए पनि दुबै पक्षबाट मुद्धा हाल्ने बिषयबाट जोगिन खोजेको बताए ।

कार्यक्रममा वडा न.१ का अध्यक्ष श्री प्रशाद चौधरी,वडा न. २ का अध्यक्ष तुल्सीराम देवकोटा, वडा न. ३ का अध्यक्ष पूर्ण बहादुर चौधरी , वडा न.५ का अध्यक्ष दिपक गौतमले अव वडा र टोल टोलमा बालबिबाह न्यूनीकरण सम्बन्धि सचेतनामूलक कार्यक्रमलाई अगाडि बढाउँनुपर्ने र शिक्षामा ब्यवहारीक्ता ल्याउँने किसीमका कार्यक्रम संचालन गर्ने कुरामा प्रतीबद्धता जनाए ।

अन्र्तक्रियापछि समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जनप्रतीनिधी र प्रशासन भन्दा पनि गाउँतहमा यस्ता सचेतनामूलक कार्यक्रमहरु गर्ने बताए । कार्यक्रममा सिडका कार्यकारी निर्देशक भागिराम चौधरीले बालबिबाह बालबालीकाको जिवनसंग जोडिएको कुरा भएकाले समाजमा निगरानी गर्ने निकायहरु निकायहरु लाग्नुपर्ने बताए ।

कार्यक्रममा कार्यक्रम संयोजक माधव चौधरीले बाल बिबाह भनेको के हो ? दक्ष्ीण एसीयामा बालबिबाह र नेपालको अवस्था, बाल बिबाह सम्बन्धी कानुनी प्रावधानहरु, बालबीबाहका कारणहरु ,बाल बिबाहका अशरहरु , बाल बिबाहले अशर पार्ने क्षेत्र, बालबिबाहका चुनौतीहरुका बारेमा जानकारी गराए ।

सीड सस्थाका अध्यक्ष राममोती चौधरीको अध्यक्षता एंव गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको प्रमूख अतीथ्यता तथा उपाध्यक्ष पिमा कुमारी खड्काको बिशीष्ट आतीथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।समाजमा बातावरणीय शिक्षाको विकाश सीड संस्थाको आयोजना एंव आई एम नेपाल आई एम नेपालको सहयोगमा भएको अन्र्तक्रिया कार्यक्रममा जनप्रतीनिधी , बाल कलव, समाजीक अगुवा, महटवा र संघ सस्ंथाहरु, धार्मीक अगुवाहरु को सहभागिता रहेको थियो ।

प्रतिकृया

प्रतिकृया