ओमप्रकाश गुप्ता, भालुवाङ
११-चैत /  नेपाली कांग्रेसका क्रियाशिल सदस्य राप्ती गाउँपालिका ८ पिपरी निवासी संजिप छिनालका भाई ओमप्रकाश परियारको निधन पछि नेपाली कांग्रेसमा आवद्ध नेता कार्यकर्ताहरुले मृतकका परिवारलाई सहयोग गरेका छन् ।

परियारको निधन भएको १३ औँ दिनको पुण्यतिथिको दिन पारेर पुर्व सांसद सुशिला चौधरी, गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, वडा अध्यक्षहरु तथा नेपाली कांग्रेस साविक सिसहनियाँ लालमटियाका सभापतिहरुले मृतककी श्रीमति पुष्पा परियारलाई पार्टीको तर्फबाट संकलित ११ हजार ७ सय ६० रुपैयाँ तथा युवा नेता गोविन्द रेग्मी, श्यामा रावतले एक जोड कपडा, बर्को प्रदान गरेका छन् ।

प्रतिकृया

प्रतिकृया


ADVERTISEMENT