तुलसीपुर,
१२-चैत /  दाङमा ईसुजु कम्पनिको ‘सिंगल क्याब’ गाडिको रोड सो भएको छ ।

दाङको घोराहीदेखि तुलसीपुरसम्म मंगलबार रोड सो गरिएको हो । साथै तुलसीपुरमा पनि सिंगल क्याबको आधिकारिक डिलर सञ्चालनमा आएको छ ।

तुलसीपुर-६ घोराही रोडको किसान ट्रेडिङ कन्सर्नबाट उक्त गाडीको बिक्री हुने छ ।

 



ADVERTISEMENT

  


 


उक्त गाडीको पाउरफुल सिआरडिआई ईञ्जिन भएको, धेरै लोड तान्न सक्ने, पहाडी भेग तथा कच्चि बाटोमा सजिलै सामान बोकी गुड्न सक्ने, अरु गाडीभन्दा ग्राउन्ड किलेरेन्स २२० एमएम भएको, गाडीमा हिटर तथा एसि भएको, स्क्रीन टच भएको साउन्ड सिस्टमलगायतका सुबिधाहरु रहेको तुलसीपुर डिलर प्रमुख हरिस कोरालले बताए ।

उनका अनुसार एक लाख किलोमिटर तथा ३ बर्षको वारेन्टी रहेको छ । जपानिज कम्पनी भएकाले धेरै टिकाउ हुने र पाट्स फेर्नु परेमा सजिलै डिलरले उपलब्ध गराउने बताएको छ ।उक्त गाडीको मूल्य २४ लाख ९० हजार रहेको छ ।

प्रतिकृया

प्रतिकृया