मनिषा राई, रोल्पा
१३ चैत/ नेपाल सरकार भुमि व्यवस्था, सहकारी तथा गरीवि निवारण मन्त्रालय नापी बिभाग द्धारा ०७३ मा स्थापना भएको नापी कार्यलय घर्तीगाउ रोल्पाले सेवा ग्राहीको मध्यनजर गर्दै बिभिन्न थप सेवा सुबिधाहरु उपलब्ध गराएको छ ।

जस अनुसार कार्यलयमा सेवा लिन आउने सम्पुर्ण अशक्त, ज्येष्ठ नागरिक र बिरामी सेवाग्राहीलाई बिश्राम कक्षमा राखी तातो, चिसो पानी र चियाको व्यवस्थाका साथ कर्मचारी आफै बिश्राम कक्षमा गई सेवा दिई रहेकका छन ।साथै कार्यलयमा नक्सा प्रिन्ट ब्लुप्रिन्टको सत्तामा कम्युटर प्रिन्ट दिनुका साथै सेवाग्राहीले ५ मिनेटमै सेवा पाइराखेका छन ।

त्यसैगरी कित्ताकाट गर्दा १-२ दिन लाग्ने काम आधा घण्टामै हुने गरेको, नक्सा, प्लट रजिष्टर, फिल्ड बुक कम्युटरबाट प्रिन्ट दिने गरेको, काउन्टर प्रणालीबाट सेवा प्रवाह भइरहेकोले सेवाग्राही कोठा, कोठामा जानु पर्ने झन्झट नभएको र कार्यलयमा रहेका नक्सा, श्रेस्ता, फिल्डबुक डिजिटल डाटालाई संरक्षण गरी राखेको लगायतका सेवा सुबिधा रहेको नापी कार्यलय घर्तीगाउ रोल्पाले जनाएको छ ।


ADVERTISEMENT

  



बिगतका बर्षहरुमा होटल खर्च गरेर जिल्ला सदरमुकाम लिवाङमा जानुपर्ने, त्यसमा पनि लाइनमा बस्दा बस्दा पालो नआएर हैरानी खेप्नुपरेको सम्झदै अंशवन्डाका लागि आएका सेवाग्राही परिवर्तन गाउपालिका ५ रांकोटका बेगमकुमार घर्तीमगरले अहिले घर्तीगाउमा नापी कार्यलय आएपछि समय संगै पैसाको पनि बचत भएको बताए ।

उनले नापी कार्यलय घर्तीगाउ रोेल्पाबाट डिजिटल सिस्टमबाट अंशवन्डाको कित्ताकाट गर्ने हुदा ३ – ४ दिन लाग्ने काम १५ मिनेटमै हुने हुदा छिटो छरितो रुपमा सेवा पाउदा आफुलाई खुशि लागेको बताए ।करिव ६ घण्टाको बाटो लगाएर सदरमुकाम जानुपर्ने झन्झट बाट मुक्त भएको बताउदै डिजिटल प्रबिधिबाट सेवा सुबिधामा थप सहजता आएको कार्यलयमा नक्सा सम्बन्धि सेवा लिन आएका अर्का सेवाग्राही पहल बहादुर केसि बताउछन ।

सेवा प्रवाहमा कुनै पनि ढिलासुस्ती नभएको, कार्यलयका कर्मचारीहरुले पनि मुस्कानसहितको सेवामा कुनै कमि नराखेको बताउछन बिगत २ बर्षदेखि कार्यरत लेखापढि कानुनि व्यवसायी गंगादेव गाउपालका १ ओत निवासी हरिप्रसाद घर्तीमगर ।

त्यस्तै समाजसेवी तथा माडी गाउपालिका ४ आरुवा निवासी सेवाग्राही लोक बहादुर बुढाका अनुसार बिगतमा ३ दिनको पैदल हिडेर सदरमुकाम गएर अमिन ल्याउनुपर्ने र भनेको समयमा काम नहुने हुदा हैरानी खेप्नुपरेको सम्झदै अहिले बिहान आएर साझ फर्कन मिल्ने गरी नजिकै कार्यलय आउदा छिटो छरिटो र सहज रुपमा सेवा पाउदा खुशि छन ।

यता नापी कार्यलय घर्तीगाउका कार्यलय प्रमुख सन्जित वलीले सेवाग्राहीलाई सेवाप्रवाहमा कुनै पनि कसर बाकि नराख्ने बताए । जग्गा नाप, जाच तथा नक्सा श्रेस्ता अधावधिक सम्बन्धि निर्देशिका र जग्गा नापजाँच ऐन, नियमावली भित्र रही सेवा प्रवाहमा कुनै कन्जुसाई नगर्ने उनको भनाई छ ।

आफनै भवन भएको भए थप सुबिधा हुने बताउदै भाडाकै घरबाट भएपनि सेवाग्राहीको हरेक समस्यालाई मध्यनजर गर्दै जतिसक्दो छिटो छरिटो र सजिलो रुपमा काम सम्पन्न गरीदिने बताए । नापी कार्यलय हाल मासिक २८ हजार भाडादरमा सन्चालनमा छ ।

प्रतिकृया

प्रतिकृया