तुलसीपुर,
१५-चैत /  सल्यानमा एकै थलोमा बीउबिजनदेखि स्वास्थ्य उपचार सेवा प्रदान गरिएको छ । सल्यान त्रिवेणी गाउँपालिकाको आयोजनामा शुक्रबार सरिकोटमा भएको एकीकृत घुम्ती शिविरमा करिव एक हजार बढीले विभिन्न सेवा लिएका छन् ।

किसानहरुलाई बीउ भिजन, आँखाको शल्यक्रिया, अन्य स्वास्थ्य चेकजाँच तथा नागरितालगायतका सेवाहरु दिएको गाउँपालिकाले जनाएको छ ।

‘घर आगनमै विशेषज्ञ डाक्टरबाट मोतिविन्दुको शल्यक्रिया गर्न पाएकोमा स्थानीय रेउली गिरीले खुसी ब्यक्त गरिन् । ‘पैसाको अभावको कारण आँखाको शल्यक्रिया गर्नपाएको थिइन् तर आज निःशुल्क शल्यक्रिया गर्नपाएकोमा खुसी भएकोछु उनले भिनन् ।


ADVERTISEMENT

  



उनी जस्तै यहाँका ६० भन्दा बढीको निःशुल्क मोतियाविन्दुको शल्यक्रियाका साथै पाँच सय बढीले उपचार सेवा लिएकाछन् । त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीको अध्यक्षता नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य तथा दाङका सभापति कृष्णकुमार गिरीको विशिष्ट आतिथ्यमा भएको एकिकृत घुम्ती शिविरमा जिल्ला प्रशासन कार्यालयले नागरिता वितरण, कृषिले उन्नत जातका मकैको बीउ वितरण, राप्ती आँखा अस्पतालले निःशुल्क आँखा शिविर, तुलसीपुर स्थीत सिटि हस्पीटल र स्वास्थ्य शाखाले स्वास्थ्य चेकजाँच गरेको थियो ।

कार्यक्रममा बोल्दै नेपाल नेत्रज्योति संघ कर्णाली प्रदेशका संयोजक समेत रहेका कृष्णकुमार गिरीले कोहि पनि पैसाको अभावका कारण आँखा उपचार सेवावाट बन्चीत नहुन भन्ने उद्देश्यले निःशुल्क आँखा शिविर आयोजना गरीएको बताए । उनले शिविरमा सवैको आँखा चेकजाँच गरी मोतिविन्दु भएका विरामीहरुको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिने बताएका थिए । त्यसैगरी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले जनतालाई घर आगनमै सवै सेवा दिने उद्देश्यले घुम्ती शिविरको आयोजना गरीएको बताए ।

उनले स्थानीय सरकारले पालिकाका जनतालाई सवै सेवा एकै स्थानबाट दिनेगरी कार्यक्रमको आयोजना गरीएको बताए । कार्यक्रमा नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्रबहादुर खड्का, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेमन्तबहादुर डाँगी ,तुलसीपुर सिटि अस्पतालका प्रशासकिय अधिकृत हेमराज बस्नेतलगायतले बोलेका थिए ।

शिविरमा राप्ती आँखा अस्पतालका नेत्र विशेषज्ञ डा. सुरेश रसाइलीसहित टोलिले मोतिविन्दुको शल्यक्रिया , सिटि अस्पतालका डाक्टर सुन्दरचतुर वेदी, स्वास्थ्य शाखाका चिकित्सकहरुले स्वास्थ्य उपचार सेवा दिएका थिए भने जिल्ला प्रशासन कार्यालय सल्यानको टोलिले नागरिता तथा अन्य सेवाहरु दिएको थियो ।

प्रतिकृया

प्रतिकृया