घनश्याम बुढाथोकी, रोल्पा
१९-चैत /  जिल्ला प्रहरी कार्यालय रोल्पालाई वडा कार्यालयले टिभि प्रदान गरेको छ ।

रोल्पा नगरपालिका वडा नं. ४ ले ५० ईन्चको रंगिन एलईडी टिभी हस्तान्तरण गरेको हो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिबिध सुचना तथा श्रब्यदृश्य सामाग्री प्रशारणमा प्रभाबकारी बनाउन टीभी प्रदान गरिएको वडा अध्यक्ष नबराज आचार्यले बताए ।


ADVERTISEMENT

  



स्थानीय तहसंग सहकार्य गर्दै सञ्चालनमा भईरहेको समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत गरिएको यो कार्यबाट प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप सुमधुर बनाउने अपेक्षा गरिएको छ ।

सो अबसरमा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरिक्षक दिपक खड्काले प्रहरीलाई सहयोग गरेकोमा वडा कार्यालयलाई धन्यबाद दिए ।

करिब ५५ हजार रुपैयाँ बराबरको टिभी वडा अध्यक्ष आचार्यले हस्तान्तरण गरेका हुन् ।

प्रतिकृया

प्रतिकृया