कपिल लामिछाने, तुलसीपुर
१९-चैत /  तुलसीपुर उपमहानगरपालिका वडा नं ८ मा रहेको सहरी स्वास्थ प्रवद्धन केन्द्रले बिरामीहरुको चेकजाँच साथै परामर्श समेत गर्ने गरेको छ ।

स्थानीयको मागलाई मध्यनजर गरि मंगलबार करिब ६० जना बिरामीहरुलाई परामर्स दिईएको हो ।

उनीहरुलाई रोग लाग्न नदिन के कस्ता उपायहरु अपनाउनुपर्छ भन्ने बारेमा परामर्श दिईएको केन्द्र ईञ्चार्ज लेखनाथ न्यौपानेले जानकारी दिए ।


ADVERTISEMENT

  



साथै ११ जनालाई मृगौला सम्बन्धी सामान्य लक्षण देखा परेपछि उनीहरुको पिसाव संकलन गरि चेकजाँच थालिएको ल्याब टेक्निसियन तिलक भुसालले बताए ।

सहरी स्वास्थ प्रर्वद्धन केन्द्रका ईन्चार्ज लेखनाथ न्यौपानेले परामर्श दिएको उक्त कार्यक्रममा स्वास्थ्यकर्मी गणेश पौडेल र निशा वलीले बिरामीको चेकजाँच गरेका थिए ।

प्रतिकृया

प्रतिकृया