तुलसीपुर,
२१-चैत्र /  त्रिभुवन विश्वविद्यालयले भर्खरै सार्वजनिक गरेको विज्ञान संकाय स्नातक तह प्रथम वर्षको नतिजामा ज्ञानदीप कलेजले जिल्ला प्रथमको दावि गरेको छ ।

कलेजकी छात्रा गीता आचार्यले ७३.६ प्रतिशत अंकका साथमा जिल्ला प्रथम गरेको कलेज प्रमुख सुरेन्द्र जिसीले जानकारी गराएका छन् ।

प्रथम भएकी छात्रा आचार्यले कुल ५०० पूर्णांकमा ३ सय ६८ ल्याएकी छिन् । उनले सबैभन्दा वढि प्राणी शास्त्रमा ७५ अंक ल्याएको पनि प्राचार्य जिसीले जानकारी दिए ।


ADVERTISEMENT

 



२०७० सालमा स्थापना भएको कलेजले निरन्तर रुपमा उत्कृष्ट नतिजा ल्याउँदै आएको छ ।

प्रतिकृया

प्रतिकृया