बिजय जिएम
माध्यामिक शिक्षा परीक्षा एसइई भर्खर सकिएको छ । तर प्रदेश २ को परीक्षा भने प्रश्न पत्र बाहिरीएको कारण अझै सकिएको छैन् । परीक्षा स्थगित भएको छ । अहिले एसइई परीक्षा दिएर बसेका विद्यार्थीहरु फुर्सदिला भएका छन् । विद्यार्थीहरु स्वतन्त्र भएका छन् । विद्यार्थीहरु विन्दास मुडमा देखिन्छन् ।

विद्यार्थीहरु फुर्सदको समयलाई अधिकतम उपयोग गर्ने प्रयासमा रहेको देखिन्छ । विद्यार्थीहरु फुर्सदको समयलाई कसरी उपयोग गर्ने भनेर योजनाहरु बनाईरहेका होलान् । जीवनको सबैभन्दा सुनौलो, आनन्द र रमाइलो पल बिताइरहेका छन् । यो फुर्सदको समयलाई विद्यार्थीहरुले दुरुपयोग गर्न पनि सक्छन् । यो समय स्वतन्त्र र तनावरहित वातावरणमा केहि रमाइलो गर्दै ज्ञान र सीप सक्ने उपयुक्त समय पनि हो । यो बेला विद्यार्थी र अभिभावक दुबै चनाखो हुनुपर्दछ ।

विद्यालय तहमा परीक्षा सकेपछि सबैभन्दा लामो समयसम्म विदा हुने भनेको एसइई परीक्षा सकेपछिको विदा नै हो । त्यसैले विद्यार्थीहरु एसइई परीक्षा सकिने वितिकै खाली हुन्छन । एसइई परीक्षापछि विद्यार्थी यतिबेला फुर्सदिला भएका छन । फुर्सद बेला अधिकांश विद्यार्थी के गर्ने, कहाँ जाने, कहाँ पढने योजनाहरु बनाइरहेका छन भने केही विद्यार्थी अझै अन्योल अवस्थामा छन ।

 



ADVERTISEMENT

  


 


अभिभावकहरु पनि छोराछोरीहरुको फुर्सदको समयलाई कसरी बढीभन्दा बढी सदुपयोग गर्न सकिन्छ भन्ने सोचाइमा हुनुहुन्छ । विद्यार्थीहरुले खाली समयलाई भविष्यसँग जोडेर हेर्नुपर्दछ । भविष्यलाई उज्यालो र सफल बनाउन खाली समयको अधिकतम सदुपयोग गर्नुपर्दछ । व्रिजकोर्ष, घुमफिर, सिपमुलक तालिम, विभिन्न विधाका पुस्तक, आफन्त र पुराना साथीहरुसँग भेटघाट गरेर फुर्सदको समय सदुपयोग गर्न सकिन्छ ।

स्कले जीवनको लामो समयपछि फर्सदिला भएका विद्यार्थीहरु अहिले पिंजडाबाट निस्केको स्वतन्त्र सगा झै स्वतन्त्र भएका छन । लामो विदा वास्तवमा विद्यार्थीले आफ्नो भविष्यको बारेमा सोच्ने, चिन्तन गर्ने र योजनाको खाका तयार गर्ने सनौलो अवसर हो । फर्सद बेला अधिकांश विद्यार्थी के गर्ने, कहाँ जाने, कहाँ पढने योजनाहरु बनाइरहेका छन भने केही विद्यार्थी अझै अन्योल अवस्थामा छन । अभिभावकहरु पनि छोराछोरीहको फर्सदको समयलाई कसरी बढीभन्दा बढी सदपयोग गर्न सकिन्छ भन्ने सोचाइमा हनहन्छ ।

विद्यार्थीहरुले खाली समयलाई भविष्यसँग जोडेर हेनर्पर्दछ । विद्यार्थीहरु गलत संगतको कारणले गलत बाटोमा हिड्न पनि सक्छन् । गलत संगतको कारणले लागुपदार्थ दुर्व्यसनीमा फस्ने सम्भावनालाई नकार्न सकिदैन । विद्यार्थीहरु ग्यांगफाइट र झै झगडामा फस्न सक्छन् । एउटा मान्छे राम्रो र असल बन्न धेरै समय लाग्छ तर विग्रन समय लाग्दैन । यो लामो समयको विदामा छोराछोरीहरुको क्रियाकलाप समय समयमा निरीक्षण, सोधपछ, उनीहरुसँग निरन्तर सम्पर्कमा रहने, उनीहरुको समस्या बझ्ने अनि समाधान गर्न सहयोग गर्ने गर्नपर्दछ ।

१. घुमफिर गर्ने
अभिभावकहरुले छोराछोरीहरुलाई समय दिएको देखिदैन । अभिभावकहरुलाई छोराछोरीको लागि समयको व्यवस्थापन गर्न निकै कठिन छ । विद्यार्थीहरुको फुर्सदको समयलाई अभिभावकले साथ दिनुपर्दछ । अभिभावकले पनि छोराछोरीको लागि फुर्सद निकाल्नुपर्छ । सायद विद्यार्थी जीवनमा यति लामो समयसम्म बिदा र फुर्सद अबका दिनहरुमा हुँदैन । विद्यार्थीहरु अभिभावकसँग घुमफिर गर्न जानुपर्दछ । पारिवारिक यात्रा गर्न सकिन्छ । पारिवारिक घुमफिर गर्नेबेला छोटो र लामो दुरीको यात्रा गर्न सकिन्छ ।

विभिन्न ठाउँमा भएका धार्मिक र पर्यटकीय स्थलहरुको भ्रमण गर्न सकिन्छ । धार्मिक र पर्यटकीय स्थलहरुको भ्रमणले एकातिर रमाइलो र मनोरन्जन हुन्छ भने अर्कोतिर ज्ञान हासिल गर्ने उत्तम माध्यम पनि हो । परिवारसँग घुमफिर गर्दा छुट्टै आनन्दको अनुभूति हुन्छ । अभिभावकहरुसँग घुमफिर गर्दा अभिभावक र छोराछोरीबीच सुमधुर र प्रगाध सम्बन्ध हुन्छ । एसइईपछिको समयलाई अभिभावक र विद्यार्थीले अधिकतम सदुपयोग गर्नुपर्दछ ।

विद्यार्थी जीवनमा सबैभन्दा लामो बिदा एसइई परीक्षापछि हुन्छ । एसइई परीक्षाभन्दा पहिला खासै त्यस्तो घुमफिर हुँदैन । त्यस्तो लामो समयसम्म बिदा पनि हुँदैन । यो लामो बिदालाई आफुसँग मिल्ने साथीहरुसँग मिलर घुमफिर गर्न सकिन्छ । आफु नजिकका साथीहरुसँग छोटो यात्रामा घुमफिर गर्न जान सकिन्छ । विद्यालयमा अध्ययन गर्दैगर्दा बितेका रमाइला पलहरु साथीहरुसँग खुल्लम खुल्ला भएर कुरा गर्न सकिन्छ । एकअर्कामा निशंकोच भएर कुराहरु आदानप्रदान गर्न सकिन्छ । स्थानीयस्तरमा विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण गर्न सकिन्छ

२. ब्रिजकोर्ष गर्ने
एसइईपछिको फुर्सदको समयलाई सदुपयोग गर्ने उत्तम विकल्पको रुपमा ब्रिजकोर्षलाई लिन सकिन्छ । ब्रिजकोर्ष अनिवार्य अध्ययन नै गर्नुपर्छ भन्ने छैन् । साधरणतया कक्षा ११ अध्ययन गर्नको लागि प्रवेश परीक्षा तयारीको रुपमा ब्रिजकोर्ष अध्ययन गर्ने गरिन्छ । तर प्रवेश परीक्षाकै लागि ब्रिजकोर्ष अध्ययन गर्नु जरुरी छैन् । अधिकांश विद्यार्थीको फुर्सदको पहिलो रोजाई नै व्रिजकोर्ष अध्ययन रहेको देखिन्छ ।

काठमाडौं लगाएत भ्याली बाहिरका राम्रा कलेजहरुमा छात्रवृति पाउन र भर्ना हुनको लागि पुर्व तयारीको रुपमा विद्यार्थीहरु व्रिजकोर्ष अध्ययन गर्ने गर्दछन् । स्कुल र कलेज बीच दुरी घटाउन र समयको सही सदुपयोग गर्नको लागि पढाइने कोर्षलाई नै व्रिजकोर्ष भनिन्छ ।

३. आफन्तहरुसँग भेटघाट गर्ने
विद्यार्थीहरु अध्ययनको क्रममा धेरै व्यस्त हुने भएकोले टाढा टाढा बसेका आफन्तहरुसँग भेट नहुन सक्छ । तसर्थ यो फुर्सदको समयलाई आफन्तहरुसँग भेटघाट र चिनजान गर्ने अवसरको रुपमा सदुपयोग गर्नुपर्दछ । समाज र आफन्तहरुसँग घुलमिल गर्ने अवसरको रुपमा लिनुपर्छ ।

४. सीप सिक्ने
व्रिजकोेर्ष र घुमफिर बाहेक विद्यार्थीहरुले छोटो अवधिका विभिन्न सिपमुलक तालिमहरु लिएर पनि खाली समयको सही सदुपयोग गर्न सक्छन । एसइईपछिको समय सुनौलो समय पनि हो । यो समयलाई भरपुर सदुपयोग गर्नुपर्दछ । कुनै न कुनै सीप सिक्न सकिन्छ । यो समयमा विद्यार्थीको रूचि अनुसार गीत, संगीत, नृत्य, बेसिक कम्प्युटर, कुक, हस्तकला सम्बन्धी सीप सिक्न सकिन्छ ।

५. मनपर्ने किताब पढ्ने
यो समयमा विद्यार्थीले आफुले मन परेका, सुनेका, देखेका र विभिन्न मोटिभेशनल किताबहरु अध्ययन गर्नुपर्दछ । देश विदेशका चर्चित व्यक्तिहरुको जीवनीमा आधारित किताबहरु अध्ययन गर्न सकिन्छ । कुनै धार्मिक र पर्यटकीय ठाउँहरुको बारेमा लेखिएका किताबहरु अध्ययन गर्नुपर्दछ । नेपाली र अंग्रेजी कथा संग्रहहरु र उपन्यासहरु मज्जाले अध्ययन गरेर समयको सदुपयोग गर्न सकिन्छ । विभिन्न पुस्तकहरुको अध्ययनले ज्ञानको दायरा फराकिलो हुन्छ । पठन संस्कृतिको विकास हुन्छ ।

६. शारीरिक कसरत गर्ने
विद्यार्थीहरुहरु अध्ययन गरेपछि डक्टर र इन्जिनियर नै हुनुपर्छ भन्ने छैन । अध्ययन पश्चात विभिन्न पेशामा आवद्ध हुन सक्छन् । पछिल्लो समय युवाहरुमा ब्रिटिश आर्मी, इण्डियन आर्मी, सिंघापुर पुलिस, नेपाल आर्मी र नेपाल पुलिसहरुमा भर्ती हुन चासो राखेको देखिन्छ । यदि कोही विद्यार्थी आर्मी बन्न चाहना राखेको छ भने यो फुर्सदको समयमा आर्मी सम्बन्धी शारीरिक कसरत र ट्रेनिंगहरु लिन सकिन्छ ।

७. अभिभावकलाई सहयोग गर्ने
विद्यार्थीहरुहरुले विभिन्न पेशाहरु अंगालेका हुन्छन् । अभिभावकहरु सँधै आफ्नो पेशामा व्यस्त हुन्छन् । अभिभावकहरु पनि तनावमा रहेको देखिन्छन् । फुर्सद पनि हुँदैन । तसर्थ फुर्सदको समयमा सकेजति अभिभावकहरुलाई सहयोग गर्नुपर्दछ । अभिभावकहरुलाई सहयोग गरेर फुर्सदको समय बिताउन सकिन्छ ।

प्रतिकृया

प्रतिकृया