तुलसीपुर,
२३-चैत /  जनता बैंक स्थापनाको दशांै बर्षको अवसरमा तुलसीपुरमा रक्तदान गरिएको छ ।

बैंकको तुलसीपुर र घोराही शाखाको संयुक्त आयोजनामा शनिबार तुलसीपुर शाखामा रक्तदान कार्यक्रम भएको हो । जसबाट ४० जनाले रक्तदान गरेको तुलसीपुरका शाखा प्रबन्धक उमंग अधिकारीले जानकारी दिए ।

उनका अनुसार बार्षिकोत्सवमा अनाबश्यक खर्चभन्दा पनि सामाजिक काम गर्नुपर्ने मान्यता राख्दै उक्त कार्य गरिएको हो ।


ADVERTISEMENT

  



अहिले धेरै बिरामीहरुले रगत नपाउँदा अकालमा मृत्यु हुनुपर्ने अबस्था रहेको भन्दै त्यसको न्यूनिकरणका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको उनको भनाई थियो । रक्तदान कार्यक्रमको प्राबिधिक सहयोग रेडक्रस दाङले गरेको थियो ।

साथै शनिबार बिहान बितिय सचेतना सहितको -यालीले तुलसीपुर बजार परीक्रमा गरिएको उनले बताए । जनता बैंकको तुलसीपुर शाखाका  चारहजार एकसयबढि ग्रहाक रहेको प्रबन्धक अधिकारीले बताए ।

प्रतिकृया

प्रतिकृया