ओमप्रकाश गुप्ता, भालुवाङ
२६-चैत /  देउखुरीको राप्ती गाउँपालिका १ पाखापानीमा रहेको होटल पौवामा नयाँ वर्षको अवसरमा चैत्र ३० गते शुभकामना आदान प्रदान तथा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

होटल पौवाले मंगलवार होटलमै पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको बारेमा जानकारी गराएको हो ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का पार्षद महेश रिजालको अध्यक्षता एवम् होटलका निर्देश विष्णु ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा होटलका निर्देशक ज्ञवालीले कार्यक्रममा चर्चित लोक दोहरी गायक राजु परियार र लोकप्रिय गायिका राधिका हमाल आउने बताए ।


ADVERTISEMENT

 



साथै कार्यक्रममा न्यु डान्स क्रियशनको पनि प्रस्तुती रहने बताए । चैत्र ३० गते बेलुका ६ बजे देखि राती १२ बजे सम्म सञ्चालन हुने कार्यक्रममा सवैलाई उपस्थितका लागि पनि अनुरोध गरेका छन् । होटलले गुणस्तरीय खाना खुवाउदै आउनु का साथै कला संस्कृतिको क्षेत्रमा पनि कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

हाल होटल पौवाको शाखा ६ वटा रहेको छ । पत्रकार सम्मेलनमा रेडियो राप्तीका समाचार प्रमुख ओमप्रकाश गुप्ता, पत्रकारहरु कमल गिरी, रितु राना, इराधा झार्कीमगर लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण होटलका प्रबन्धक सनत केसीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया