पशु सेवा शाखामा विनियोजन भएको रकम कटौति
शंकर के सी,सल्यान
२८ चैत/ सल्यानका दुई कार्यालय एक वर्षदेखि कार्यालय सहयोगीको भरमा चल्दै आएका छन् ।

जिल्लाको कालिमाटी गाउँपालिका र बन्गाड कुपिन्डे नगरपालिका अन्र्तगत पशु शाखा कार्यालय सहयोगीको भरमा सञ्चालन हुदै आइरहेका हुन् । कार्यरत कर्मचारी सरुवा भएर गएपछि विगत एक वर्षदेखि दुई कार्यालय कार्यालय सहयोगीले चलाउदै आएका छन् ।

नायव प्राविधिक सहायक, प्राविधिक सहायक र कार्यालय सहयोगी गरी तीन जनाको दरबन्दी भएपनि विगत एक वर्षदेखि कार्यालय सहयोगीको भरमा पशु शाखा सञ्चालन हुदै आइरहेको बताइएको छ ।


ADVERTISEMENT

   


कार्यालय प्रमुख नहुँदा शाखाको सम्पूर्ण काम गर्न बाध्य भएको कालिमाटी गाउँपालिका स्थित पशु शाखाका कार्यालय सहयोगी स्वागत शाहीले बताए । उनले भने ‘शाखाबाट हुने आर्थिक कारोबारो बाहेक अन्य सम्पुर्ण काम गर्दै आइरहेको छु । विगत एक वर्षदेखि यो कार्यालय प्रमुख विहिन भएको छ । अहिले प्रमुख भने पनि कार्यालय सहयोगी भने पनि मै हो ।’

कार्यालय प्रमुख नहुँदा गाउँपालिकाले पशु शाखामा विनियोजन गरेको ४० लाख बजेट कटौती गरी ७ लाखमा झारेको उनले बताए । उनले भने ‘कार्यक्रम कार्यन्वयन गर्ने कोही नभएपछि गाउँपालिकाले विनियोजन गरेको ४० लाखबाट ७ लाखमा झारिदियो । त्यही ७ लाख मध्येबाट केही औषधी ल्याइएको छ ।’

प्रशासनिक कामकाजदेखि कार्यालयको सम्पुर्ण काम एक्लै गर्दै आइरहेको बन्गाड कुपिन्डे नगरपालिका अन्र्तगत पशु शाखाका कार्यालय सहयोगी खिम बहादुर चन्दले बताए ।

पशुपन्छीलाई खोप लगाउने, औषधी दिने लगायतका काम आफुले गर्दै आइरहेको चन्दको भनाई छ ।उनले भने ‘अहिले शाखामा प्रयाप्त औषधी पनि छैन गत वर्ष खरिद गरेको केही औषधीले काम चलाई रहेको छु ।’

कार्यालयमा भएको औषधि दिने र नभएको औषधी एग्रोभेटबाट किनेर लैजान सल्लाह दिने गरेको उनले बताए । एक वर्षदेखि कार्यालय प्रमुख बिहिन कार्यालय चलाई रहेपनि विगत ९ महिनादेखि आफुले तलव नपाएको चन्दले गुनासो गरे ।

बन्गाड कुपिण्डे नगरपालिका प्रमुख गोविन्द पुनले पशु शाखा मात्र नभई कृषि र शिक्षामा पनि प्रमुख तथा अन्य कर्मचारी नभएको बताए । कर्मचारी अभावका कारण विषयगत शाखामा कामकाजलाई अघि बढाउन समस्या भइरहेको पुनको भनाई छ ।

प्रतिकृया

प्रतिकृया