ओमप्रकाश गुप्ता,सिसहनियाँ
२९ चैत/पहाडी तथा दुर्गम क्षेत्रका महिलाहरु अझै पनि सुरक्षित गर्भपतन कहाँ गराउने भन्ने विषयमा अनविज्ञ रहेका छन् ।

विहिवार आशाका किरणहरु नामक संस्थाले राप्ती गाउँपालिका ५ भुल्केमा आयोजना गरेको सुरक्षित गर्भपतन र प्रजनन स्वास्थ्यका विषयमा महिला तथा युवतीहरुलाई प्रशिक्षण दिएपछि उनीहरु यस विषयमा जागरुक भएका हुन् ।

विभिन्न संघसंस्था तथा स्वास्थ्य संस्थाहरुले हरेक कार्यक्रमहरु सुगम क्षेत्रमा गर्दा दुर्गम क्षेत्रका महिलाहरु यस विषयमा अनविज्ञ भएको महिला स्वास्थ्य स्वम्सेविका सरिता उचहीमगरले बताइन् ।


ADVERTISEMENT

 



कार्यक्रममा संजिवनी फाउण्डेसन नेपालका अध्यक्ष माधव खनालले कुनै कारणवश गर्भपतन गराउनु परेमा कानुनले मान्यता दिए अनुसार सूचीकृत स्वास्थ्यकर्मी वा नर्सद्वारा सूचीकृत स्वास्थ्यसंस्थामा मात्र गर्भपतन गराउन सुझाव दिएका छन् ।

उनले सुरक्षित गर्भपतन गर्ने प्रमुख २ तरिकाले गर्न सकिने बताए जसमा औषधिको प्रयोगद्वारा र उपकरणको प्रयोगद्वारा गर्न सकिने बताए । यसमा सुरक्षित गर्भपतनका लागि औषधिको प्रयोग र सर्जिकल (उपकरणको प्रयोग) दुवै विधि प्रभावकारी रहेको बताए ।

साथै उनले प्रजनन स्वास्थ्यका अस्थायी र स्थानीय साधान प्रयोग विधिका बारेमा पनि जानकारी गराए । संस्थाका अध्यक्ष सुर्यकिरण केसीको अध्यक्षता एवम् समाजसेवी तथा बुद्धिजिवी कुलबहादुर बुढामगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पत्रकार ओमप्रकाश गुप्ता,किरण वली, संस्थाका सचिव विमल राना मगर, सहसचिव दिवस आचार्य र सदस्यहरु लोकमणी बञ्जाडे, अस्मिता अधिकारी,सुनिता के.एम,ऋषिराम खनाल लगायतका वक्ताहरुले बोलेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष अशोक बेल्वासेले गरेका थिए ।

यसै बिच संस्थाले भुल्केमा रहेको खानेपानीको मुहान सरसफाई समेत गरेका छ । संस्थामा आवद्ध पदाधिकारीहले पानीको मुहानमा भएका झारपात तथा फोहरबस्तु हटाएको हो ।

प्रतिकृया

प्रतिकृया